मोरङ, मंसिर ३ — मोरङको बेलबारीमा जुवा खेलिरहेको अवस्थामा चार जनालाई प्रहरीले नगद सहित पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय, विराटनगर, मोरङका अनुसार मिति २०८३ मंसिर २ गते अन्दाजी १७:५० बजेको समयमा बेलबारी नगरपालिका वडा नं. ११ नलबारी स्थित बाँसघारीमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय, बेलबारीबाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो।
छापाका क्रममा जुवा खेलिरहेको अवस्थामा रहेका चार जनालाई नगद रु. ४५,८२५ (पैंतालीस हजार आठसय पच्चीस) र कौडा ११ वटा सहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय, बेलबारीमा ल्याएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
No related news found based on tags.
Biratnagar, Morang, Koshi Pradesh, Nepal
+977021-511209, 9715771177, 9768685229
info@nepalnbnews.com
Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved
Shares