मोरङ, मंसिर १ गते। जिल्ला मोरङको रंगेली नगरपालिका–४ स्थित चोप्राहा बोर्डरमा खैरो हेरोइनसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय विराटनगरका अनुसार मिति २०८३।०७।३० गते अन्दाजी १९:५० बजे विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रंगेली, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको (PIT) मोरङ र लागू औषध नियन्त्रण ब्यूरो, विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका तीन जनालाई शंका लागेपछि चेकजाँच गर्दा सकुन्तला पासवानसँग रहेको कालो रङको प्लास्टिकको झोलामा लुकाइराखिएको २९ ग्राम ४८० मिलिग्राम खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा भारतको बिहार प्रान्त, अररिया जिल्ला, बोका थाना, मोजदार–२ मुस्लिम टोलका बासिन्दा ४५ वर्षीय रघुनाथ पासवान, उनकी ४० वर्षीया श्रीमती सकुन्तला पासवान र छोरा करण पासवान रहेका छन्।
पक्राउ परेका तीनै जनालाई लागू औषधसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय, रंगेलीमा ल्याइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Biratnagar, Morang, Koshi Pradesh, Nepal
+977021-511209, 9715771177, 9768685229
info@nepalnbnews.com
Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved
Shares