काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यले ई–टिकेटिङ सेवाको सफल परीक्षण सुरु गरिएको छ।
कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीको पहलमा शनिबार निकुञ्जमा ई–टिकेटिङ प्रणालीको परीक्षण गरिएको हो। परीक्षण सफल भएसँगै आगामी सातादेखि पानी मुहान र नागार्जुन प्रवेशद्वारबाट औपचारिक रूपमा ई–टिकेटिङ सेवा सञ्चालन गरिने निकुञ्जले जनाएको छ।
मन्त्रालयको सहयोगमा यस प्रणालीलाई चरणबद्ध रूपमा विस्तार गरिनेछ। त्यसका लागि कम्प्युटर, थर्मल प्रिन्टर, क्यूआर (QR) स्क्यानर लगायत आवश्यक उपकरण उपलब्ध गराइनेछ। साथै, विद्युत् र इन्टरनेट सुविधा पुगेका अन्य प्रवेशद्वार तथा चेकपोस्टहरूमा पनि क्रमिक रूपमा ई–टिकेटिङ सेवा विस्तार गर्ने योजना रहेको छ।
मन्त्रालयले आगामी ६ महिनाभित्र देशभरका सबै राष्ट्रिय निकुञ्ज तथा आरक्षमा ई–टिकेटिङ सेवा सञ्चालनमा ल्याउने लक्ष्य लिएको जनाएको छ।
मन्त्री चौधरीका अनुसार ई–टिकेटिङ प्रणाली लागू भएपछि पर्यटक प्रवेश प्रक्रिया अझ छिटो, पारदर्शी र व्यवस्थित हुनेछ। साथै, राजस्व व्यवस्थापन थप प्रभावकारी बन्नुका साथै सेवाग्राहीले सहज र गुणस्तरीय सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।
No related news found based on tags.
Biratnagar, Morang, Koshi Pradesh, Nepal
+977021-511209, 9715771177, 9768685229
info@nepalnbnews.com
Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved
Shares