विराटनगर, कार्तिक १९ – मोरङको लेटाङ नगरपालिका क्षेत्रमा अवैध रूपमा ढुंगा लोड गरिरहेका दुई ट्र्याक्टर चालकसहित प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार मिति २०८३ कार्तिक १८ गते अन्दाजी साँझ ७ बजेको समयमा अस्थायी प्रहरी चौकी जाँते मोरङबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा लेटाङ नगरपालिका वडा नं. ९ मा पर्ने तेली खोलाको पुल नजिकै अवैध रूपमा ढुंगा लोड गरिरहेको अवस्थामा ट्र्याक्टरहरू फेला पारेको हो।
प्रहरीले को.२ त. २२२० र को.२ त. ५४३ नम्बरका दुई ट्र्याक्टरमा ढुंगा लोड गरिरहेको अवस्थामा फेला पारी सोको चालकहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।
नियन्त्रणमा लिइएकाहरूमा ऐ. ८ बस्ने २५ वर्षीय नर बहादुर तामाङ (२२२० नम्बरको ट्र्याक्टर चालक) र ऐ. बस्ने २१ वर्षीय बिवेक लामगादे (५४३ नम्बरको ट्र्याक्टर चालक) रहेका छन्।
नियन्त्रणमा लिइएका दुवै चालकलाई आवश्यक कारबाहीका लागि लेटाङ नगरपालिकाको कार्यालय पठाइएको प्रहरीले जनाएको छ।
Biratnagar, Morang, Koshi Pradesh, Nepal
+977021-511209, 9715771177, 9768685229
info@nepalnbnews.com
Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved
Shares