१ कार्तिक २०८३, शनिवार 17 Oct 2026, Saturday

नेपाली कांग्रेसको १५औँ महाधिवेशन असोज १८ गते हुने

Nepal NB News
१३ असोज २०८३, मङ्गलवार

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन मिति दुई दिन पछि सारिएको छ। यसअघि असोज १६ गतेका लागि तय गरिएको उद्घाटन कार्यक्रम अब असोज १८ गते हुने भएको हो।

कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार महाधिवेशन उद्घाटन समारोह असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा आयोजना हुनेछ।

विभिन्न स्थानमा परेको भारी वर्षाका कारण उत्पन्न असहज परिस्थितिबीच केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयनको प्रक्रिया अझै जारी रहेको जानकारी निर्वाचन समिति र पार्टीका तहगत कार्यसमितिबाट प्राप्त भएको दुलालले बताएका छन्।

उक्त अवस्थालाई ध्यानमा राख्दै महाधिवेशनको उद्घाटन कार्यक्रम असोज १८ गतेका लागि सारिएको उनले जानकारी दिए।

प्रकाशित : १३ असोज २०८३, मङ्गलवार 13:36

No related news found based on tags.

Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved