काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन कायम गर्न सार्वजनिक स्रोतसाधनको राम्रो उपयोग, भ्रष्टाचारविरुद्ध कडा अडान, कानुनी राज्य र नैतिक व्यवहार अपरिहार्य रहेको बताएका छन्।
बुधबार दक्षिणकाली नगरपालिकाको नयाँ बनेको प्रशासकीय भवन उद्घाटन गर्ने क्रममा उनले यस्तो धारणा राखेका हुन्।
राष्ट्रपति पौडेलका अनुसार सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि नेपाली जनताले गरेका बलिदान र त्यागको मूल लक्ष्य पनि सुशासन नै हो। जनताका अपेक्षा पूरा गर्न सङ्घ, प्रदेश र स्थानीय तीनै तहका सरकार गम्भीर हुनेमा उनले विश्वास जनाए।
उनले निर्वाचित प्रतिनिधि र सरकारी कर्मचारीलाई सार्वजनिक पद तथा जिम्मेवारीलाई निजी सुविधा वा अधिकार नठानी जनताको सेवा गर्ने मौका र कर्तव्यका रूपमा हेर्न आग्रह गरे।
राष्ट्रपतिले प्रशासकीय भवनलाई ईंटा–ढुङ्गाको संरचनाभन्दा बढी भन्दै यसले जनताले सेवा पाउने भरोसा, स्थानीय लोकतन्त्रको जग र नागरिक आकाङ्क्षा सम्बोधन गर्ने संस्थाको पहिचान बोकेको बताए।
नयाँ भवनबाट दिइने सेवा चुस्त, सरल, खुला, उत्तरदायी र नागरिकमैत्री हुने अपेक्षा गर्दै उनले भवन आधुनिक भएसँगै कार्यशैली पनि प्रविधिमैत्री, पारदर्शी र नतिजामुखी बन्नुपर्नेमा जोड दिए।
राजनीति
नेपाली कांग्रेसको १५औँ महाधिवेशन असोज १८ गते हुने
Nepal NB News
राप्रपाको ७४ जिल्लामा अधिवेशन सम्पन्न, तीन जिल्लामा बाँकी
Nepal NB News
ऐतिहासिक पुनरागमन गर्दै लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित
Nepal NB News
ट्रम्पद्वारा मतदाता धाँधलीबारे सूचना दिनेलाई १० लाख डलर पुरस्कार घोषणा
Nepal NB News
इजरायलमा ऐतिहासिक निर्वाचन: प्रधानमन्त्री नेतान्याहुको सत्ता र भविष्यको महापरीक्षा
Nepal NB NewsBiratnagar, Morang, Koshi Pradesh, Nepal
+977021-511209, 9715771177, 9768685229
info@nepalnbnews.com
Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved
Shares