काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगतका निर्वाचन तथा सन् २०२६ को मध्यावधि निर्वाचनमा भएको मतदाता धाँधलीबारे सूचना दिनेलाई १० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेका छन् ।
उनले आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ सोसल'मा यस्तो घोषणा गरेका हुन् । धाँधली गराउने व्यक्ति पक्राउ परी अदालतबाट दोषी ठहर भएपछि मात्र सूचना दिनेले पुरस्कार पाउने उनले लेखेका छन् ।
ट्रम्पले लेखेका छन्, विगतका निर्वाचन वा आगामी मध्यावधि निर्वाचनमा मतदाता धाँधलीबारे जानकारी दिने जोकोहीलाई धाँधली गराउने व्यक्ति दोषी ठहर भएपछि १० लाख डलर दिइनेछ ।
अमेरिकामा मध्यावधि निर्वाचन आगामी नोभेम्बर ३ मा हुँदैछ । राष्ट्रपतिको चारवर्षे कार्यकालको मध्यमा हुने यो निर्वाचन प्रत्येक दुई वर्षमा हुने नियमित संसदीय निर्वाचनको हिस्सा हो । यसमा प्रतिनिधिसभाका सबै ४३५ सिट र सिनेटको करिब एकतिहाइ सिटका लागि मतदान हुन्छ । साथै देशभरका विभिन्न राज्य तथा स्थानीय तहमा पनि निर्वाचन हुनेछ ।
द वाल स्ट्रिट जर्नलले सेप्टेम्बरमा प्रकाशित गरेको सर्वेक्षणअनुसार ट्रम्पको अनुमोदन दर ३७ प्रतिशत रहेको छ । सन् १९९० यता मध्यावधि निर्वाचनअघि राष्ट्रपतिहरूको अनुमोदन दरबारे उक्त प्रकाशनले गरेका सर्वेक्षणमध्ये यो सबैभन्दा न्यून हो ।
राजनीति
ऐतिहासिक पुनरागमन गर्दै लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित
Nepal NB News
इजरायलमा ऐतिहासिक निर्वाचन: प्रधानमन्त्री नेतान्याहुको सत्ता र भविष्यको महापरीक्षा
Nepal NB Newsविदेश
वरिष्ठ अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन
Nepal NB Newsजिबुतीमा आप्रवासी बोकेको डुंगा दुर्घटना: कम्तीमा १०९ को मृत्यु, ११६ भन्दा बढी बेपत्ता
Nepal NB News
एयरबसलाई ७५ वटा विमानको ऐतिहासिक अर्डर, ACG को इतिहासकै सबैभन्दा ठूलो सम्झौता
ऐतिहासिक पुनरागमन गर्दै लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित
Nepal NB News
इजरायलमा ऐतिहासिक निर्वाचन: प्रधानमन्त्री नेतान्याहुको सत्ता र भविष्यको महापरीक्षा
Nepal NB NewsBiratnagar, Morang, Koshi Pradesh, Nepal
+977021-511209, 9715771177, 9768685229
info@nepalnbnews.com
Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved
Shares