नेपालीहरूको महान् पर्व बडादसैँ (शारदीय नवरात्र) को औपचारिक समापन सूचक कोजाग्रत पूर्णिमा तथा पूर्णिमा व्रत आज (२०८३ कार्तिक ८ गते, आइतबार) देशैभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको १५ दिन लामो दुर्गापक्ष आजैका दिनदेखि विधिवत् रूपमा समापन हुन्छ।
शास्त्र अनुसार आजको दिन धनधान्यकी देवी महालक्ष्मीको पूजा-आराधना गर्नुका साथै घटस्थापनाका दिन राखिएको जमरा तथा पूजा सामग्रीहरू पवित्र नदी वा जलशयमा विसर्जन गर्ने परम्परा छ।
'को जाग्रत' अर्थात् 'को जागिरहेछ?' भन्ने शब्दबाट बनेको कोजाग्रत पूर्णिमाको रात महालक्ष्मीले पृथ्वी लोकको भ्रमण गर्ने र रातभर जागेर आफ्नो भक्तिमा लीन हुने भक्तजनलाई धनधान्य र समृद्धि प्रदान गर्ने धार्मिक विश्वास रहिआएको छ। यसै मान्यताका आधारमा आजको रात घर-आँगन सफासुग्घर गरी दीप प्रज्वलन गरेर रातभर जाग्राम बस्ने र श्रीसूक्त तथा लक्ष्मी मन्त्रको जप गर्ने गरिन्छ।
यसैगरी तराई क्षेत्र तथा देशका विभिन्न स्थानमा रातभर जाग्राम बस्ने क्रममा कौडी वा पासा खेल्ने परम्परा पनि रहेको छ।
Biratnagar, Morang, Koshi Pradesh, Nepal
+977021-511209, 9715771177, 9768685229
info@nepalnbnews.com
Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved
Shares