१० कार्तिक २०८३, सोमवार 26 Oct 2026, Monday

बसमा लुकाएर ल्याइएको १४.२८ ग्राम हेरोइन जस्तो पदार्थसहित धादिङका २९ वर्षीय युवक नियन्त्रणमा

Nepal NB News
९ कार्तिक २०८३, आइतवार

काठमाडौँ। जिल्ला प्रहरी परिसर काठमाडौँले १४.२८ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित एक जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार मिति २०८३।०७।०८ गते अन्दाजी बिहान ७:३० बजेको समयमा चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गा स्थित चेक प्वाइन्टमा काकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको प्र.१-०२-००२ ख १२८२ नम्बरको बसलाई रोकी जाँच गरिएको थियो।

प्रहरी प्रभाग नागढुङ्गार लागू औषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नागढुङ्गाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार धादिङ जिल्ला, निलकण्ठ नगरपालिका–१४ बस्ने वर्ष २९ का जोनाम लामालाई प्लास्टिकमा लुकाइछिपाई ल्याएको १४.२८ ग्राम हेरोइन जस्तो देखिने पदार्थसहित फेला पारेको हो।

उनलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरी उपरीक्षक एवं प्रवक्ता / सूचना अधिकारी दान बहादुर थापाले यो जानकारी दिएका हुन्।

प्रकाशित : ९ कार्तिक २०८३, आइतवार 11:41

Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved