१० कार्तिक २०८३, सोमवार 26 Oct 2026, Monday

कुशल परेरा जनकपुर बोल्ट्स

Nepal NB News
१० कार्तिक २०८३, सोमवार

काठमाडौँ । श्रीलङ्काका अनुभवी विकेटकिपर–ब्याटर कुशल परेरा नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सको जर्सीमा देखिने भएका छन् । फ्रेन्चाइजीले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत आज उनलाई टोलीमा भित्र्याएको घोषणा गरेको हो ।

जनकपुरले परेरालाई निर्भीक शैलीमा ब्याटिङ गर्ने र निर्णायक घडीमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीका रूपमा स्वागत गरेको छ ।

परेराले यसअघि आइपिएल, सिपिएल र पिएसएलसहित सात फ्रेन्चाइज लिगमा खेलिसकेका छन् । एनपिएल उनको आठौँ फ्रेन्चाइज लिग हुनेछ ।

श्रीलङ्काका लागि तीनवटै प्रारूपमा खेलेका उनले टेष्टमा २२ खेलबाट १,१७७ रन, वनडेमा ११६ खेलबाट ३,२३७ रन र टी–२० अन्तरराष्ट्रियमा ९५ खेलबाट २,३३५ रन जोडेका छन् ।

परेरासँगै जनकपुरले इङ्ग्ल्याण्डका मोइन अली, न्युजिल्यान्डका जिमी नीशम, पाकिस्तानका इफ्तिखार अहमद र अमेरिकाका हरमित सिंहलगायत विदेशी खेलाडीलाई पनि टोलीमा समावेश गरेको छ ।

एनपिएलको तेस्रो संस्करण आजैदेखि काठमाडौँमा सुरु हुँदैछ ।

प्रकाशित : १० कार्तिक २०८३, सोमवार 11:08

Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved