४ असोज २०८३, आइतवार 20 Sep 2026, Sunday

इजरायली आक्रमणले क्षतिग्रस्त भएको गाजाको भवन ढल्दा १२ मृत्यु, १०० जना बेपत्ता

Nepal NB News
३१ भदौ २०८३, बुधवार

गाजापट्टीमा जारी इजरायल–हमास युद्धका क्रममा विस्थापित प्यालेस्टिनी नागरिकले आश्रय लिइरहेको मुस्तफा हाफिज विद्यालयमा मंगलबार इजरायली आक्रमण भएको हो। गाजाको नागरिक सुरक्षा विभागका प्रवक्ता महमुद बस्सालका अनुसार घटनास्थलबाट एक जनाको शव फेला परेको छ।

विभागले आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको जनाएको छ। युद्धका कारण ठूलो संख्यामा विस्थापित प्यालेस्टिनी नागरिक विद्यालयलगायतका स्थानमा शरण लिइरहेका छन्।

यता, इजरायली सेनाले विद्यालयमा हमासको कमाण्ड सेन्टर रहेको दाबी गरेको छ। सेनाका अनुसार उक्त संरचना इजरायली सेना र इजरायलमाथि आक्रमणको योजना बनाउन तथा त्यसलाई कार्यान्वयन गर्न प्रयोग भइरहेको थियो।

इजरायली सेनाले विद्यालयभित्र सक्रिय हमासका सदस्यलाई लक्षित गरी आक्रमण गरिएको जनाएको छ।

एएफपीका तस्बिरमा आक्रमणपछि विद्यालयको संरचना ध्वस्त भएको तथा विस्थापित प्यालेस्टिनी नागरिकहरू बालबालिका बोकेर घटनास्थलबाट बाहिरिँदै गरेको देखाइएको छ।

पछिल्ला केही सातामा हमासले कमाण्ड सेन्टरका रूपमा प्रयोग गरेको दाबी गर्दै इजरायली सेनाले गाजाका विभिन्न विद्यालयमा आक्रमण गर्दै आएको समाचारमा उल्लेख छ।

प्रकाशित : ३१ भदौ २०८३, बुधवार 16:22

No related news found based on tags.

Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved