१९ कार्तिक २०८३, बुधवार 04 Nov 2026, Wednesday

भारतबाट अवैध रूपमा ल्याइएका १०४ पोका सयपत्री मालासहित सामान बरामद

मोरङको कानेपोखरीस्थित कोल्ड स्टोरमा लुकाएर राखिएको थियो, मूल्य १५ लाख ६० हजार
Nepal NB News
१९ कार्तिक २०८३, बुधवार

मोरङ, कात्तिक १८ – सशस्त्र प्रहरी बल, नेपालले मोरङको कानेपोखरी गाउँपालिकामा रहेको एक कोल्ड स्टोरबाट भारतबाट अवैध रूपमा भित्र्याइएका सयपत्री फूलका तयारी मालाका १०४ पोका बरामद गरेको छ। बरामद मालाको मूल्य रु. १५,६०,००० (पन्ध्र लाख साठी हजार) रहेको बताइएको छ।

सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस लक्ष्मीमार्गबाट खटिएको टोलीले मिति २०८३।०७।१८ गते प्राप्त विशेष सूचनाका आधारमा कानेपोखरी गाउँपालिका–०४, टावरटोलमा रहेको साना किसान बचत तथा सहकारी संस्थाको कोल्ड स्टोरमा खानतलासी गरेको थियो। खानतलासीका क्रममा कोल्ड स्टोरमा लुकाइछिपाई राखिएको अवस्थामा उक्त माला फेला परेको हो।

बरामद सामग्री भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएको र कोल्ड स्टोरमा लुकाएर राखिएको भनी सशस्त्र प्रहरीले जनाएको छ। बरामद भएको सामग्री सयपत्री फूलका तयारी माला हुन्, जुन १०४ पोकामा प्याक गरिएको थियो।

प्रकाशित : १९ कार्तिक २०८३, बुधवार 15:35

थप समाचार

Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved