१८ कार्तिक २०८३, मङ्गलवार 03 Nov 2026, Tuesday

मोटरसाइकल चोरीको आरोपमा एक जना पक्राउ

Nepal NB News
१७ कार्तिक २०८३, सोमवार

वीरगञ्ज, कात्तिक १६ – मोटरसाइकल चोरी कार्यमा संलग्न आरोपमा एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, पर्साले प्रेस विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो।

प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिका–१६ लिंकरोडस्थित सडकखण्डको छेउमा पार्किङ गरी राखिएको मधेश प्रदेश ०३-०३५ प ७१७५ नम्बरको २२० सीसीको रातो–कालो रङको पल्सर मोटरसाइकलको लक तोडी डोर्‍याएर भाग्न लागेको अवस्थामा वडा प्रहरी कार्यालय विर्तावाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

मिति २०८३।०७।१५ गते बिहान करिब ९:३० बजे वीरगञ्ज–१६ को लिंकरोडबाट उल्लेखित नम्बरको मोटरसाइकलसहित बारा जिल्लाको निजगढ नगरपालिका–११ बस्ने २७ वर्षीय राकेश चौधरीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

उक्त मोटरसाइकल वीरगञ्ज महानगरपालिका–२४ रामगढवा बस्ने ३० वर्षीय विकाश कुमार कुशवाहाको नाममा दर्ता रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका प्रतिवादीलाई थप अनुसन्धानका लागि प्रहरीले आवश्यक कारबाही अघि बढाएको छ।

पक्राउ परेका प्रतिवादी:

  • राकेश चौधरी, २७ वर्ष, निजगढ नगरपालिका–११, बारा

प्रहरी प्रवक्ता तथा सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक चक्र बहादुर मल्लका अनुसार थप अनुसन्धान जारी छ।

प्रकाशित : १७ कार्तिक २०८३, सोमवार 17:08

थप समाचार

Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved