१३ कार्तिक २०८३, बिहिवार 29 Oct 2026, Thursday

विराटनगरमा मोटरसाइकल दुर्घटना, स्ववियु सदस्य अंकित पोखरेलको मृत्यु

Nepal NB News
१३ कार्तिक २०८३, बिहिवार

विराटनगर – जन्मदिन मनाएर घर फर्किँदै गर्दा भएको मोटरसाइकल दुर्घटनामा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका स्ववियु सदस्य अंकित पोखरेलको निधन भएको छ। २५ वर्षीय पोखरेलको बुधबार मध्यराति दुर्घटनामा परी मृत्यु भएको हो।

प्रहरीका अनुसार विराटनगर महानगरपालिका–१० स्थित निर्मल जल उद्योग नजिकै राति करिब १२ बजे उनको मोटरसाइकल अनियन्त्रित भएको थियो। बेहोस अवस्थामा उनलाई विराट नर्सिङ होम लगिए पनि उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरे।

विराटनगर–१ का बासिन्दा पोखरेल विद्यार्थी राजनीतिमा सक्रिय थिए र जीपी कोइराला फाउन्डेसन मोरङको युवा कार्यदलको अध्यक्ष पनि भइसकेका थिए। उनको अकस्मात् निधनले परिवार, आफन्त र विद्यार्थी जगतमा शोक छाएको छ।

प्रकाशित : १३ कार्तिक २०८३, बिहिवार 11:50

Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved