काठमाडौं । स्वास्थ्य बीमा बोर्डले आर्थिक वर्ष २०८२÷८३ मा अघिल्लो आर्थिक वर्ष र २०८२ पुस महिनासम्म स्वीकृत स्वास्थ्य बीमा दाबीबापत २५ अर्ब ४८ करोड ८७ लाख ८७ हजार ४७९ भुक्तानी गरेको जनाएको छ।
बोर्डले आर्थिक वर्ष २०८२÷८३ मा असोज, कात्तिक र मंसिरसम्म प्राप्त दाबीमध्ये स्वीकृत दाबीको भुक्तानी यसअघि नै सम्पन्न गरिएको थियो। पछिल्लो निर्णयअनुसार २०८२ पुस महिनाको स्वीकृत भएका दाबीहरूको रकम २ अर्ब ४ करोड ८३ लाख ७ हजार ७६९ सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको बैंक खातामा जम्मा गरिएको हो।
यससँगै आर्थिक वर्ष २०८२÷८३ अन्तर्गत पुस महिनासम्मका स्वीकृत दाबीहरूको भुक्तानी सम्पन्न भएको बोर्डले जनाएको छ।
स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई दाबी भुक्तानी नियमित, पारदर्शी र चरणबद्ध रूपमा अगाडि बढाइरहेको जनाएको छ।
स्वास्थ्य
नेपालमा कलेजो प्रत्यारोपणको सफलता ८५ प्रतिशत, सेवा विस्तारमा चुनौती
Nepal NB Newsरसुवाको भोटेकोशी बाढी: उद्धार तथा राहतमा २१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालित
Nepal NB News
जलवायु परिवर्तनको जोखिम विश्वसमक्ष राख्ने बेला आयो: प्रधानमन्त्री शाह
लापरवाहीपूर्ण ड्राइभिङका कारण भयानक दुर्घटना
Nepal NB News
बाल अधिकारको संरक्षण र प्रवर्द्धनमा सरकारको प्रतिबद्धता
Nepal NB NewsNo related news found based on tags.
Biratnagar, Morang, Koshi Pradesh, Nepal
+977021-511209, 9715771177, 9768685229
info@nepalnbnews.com
Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved
Shares