१ कार्तिक २०८३, शनिवार 17 Oct 2026, Saturday

मार्क वुडले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास

Nepal NB News
६ असोज २०८३, मङ्गलवार

इंग्ल्यान्डका तीव्र गतिका बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन्। ३६ वर्षीय वुडले लगातार देखिएको चोट समस्याका कारण अन्तर्राष्ट्रिय क्रिकेटबाट अलग हुने निर्णय गरेका हुन्।

वुडले सन् २०१५ मा इंग्ल्यान्डबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए। उनले इंग्ल्यान्डका लागि ३८ टेस्ट, ७० एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) र ३८ टी–२० अन्तर्राष्ट्रिय खेल्दै कुल २५३ विकेट लिएका छन्।

उनी इंग्ल्यान्डले जितेको २०१९ एकदिवसीय विश्वकप तथा २०२२ टी–२० विश्वकप टोलीका सदस्य पनि थिए। चोटका कारण पछिल्लो समय नियमित खेल्न नसकेका वुडको इंग्ल्यान्डका लागि अन्तिम खेल २०२५ नोभेम्बरमा अस्ट्रेलियाविरुद्धको एसेज टेस्ट बनेको थियो।

प्रकाशित : ६ असोज २०८३, मङ्गलवार 16:19

थप समाचार

Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved