नेपाली खेलकुद इतिहासमै एउटा नयाँ अध्याय थपिएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) र बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) बीच भएको ऐतिहासिक सहमति अनुसार बंगलादेशी राष्ट्रिय क्रिकेट टोलीले सन् २०२७ को मार्चमा ३ वटा टि-२० अन्तर्राष्ट्रिय (T20I) म्याचको शृङ्खलाका लागि नेपाल भ्रमण गर्ने आधिकारिक पुष्टि भएको छ।
नेपालको क्रिकेट इतिहासमा कुनै पनि पूर्ण सदस्य (टेस्ट मान्यता प्राप्त) राष्ट्रले घरेलु मैदानमा द्विपक्षीय शृङ्खला खेल्न लागेको यो पहिलो पटक हो।
नेपाल र बंगलादेशबीच यसअघि पुरुष टि-२० विश्वकपका क्रममा सन् २०१४ र सन् २०२४ मा मात्र आमनेसामने प्रतिस्पर्धा भएको थियो। तर, कीर्तिपुरको रातो माटोमा नेपाली समर्थकहरूको अपार उत्साहबीच यी दुई टोली भिड्न लागेको यो पहिलो अवसर हो
सन् २०२८ को टि-२० विश्वकपका लागि बंगलादेशले सिधै स्थान पक्का गरिसकेको छ भने नेपालले ग्लोबल क्वालिफायरमार्फत विश्वकपमा पुग्ने लक्ष्य राखेको छ। यस्तो अवस्थामा विश्वस्तरीय टेस्ट राष्ट्रसँगको यो घरेलु शृङ्खलाले नेपाली टोलीलाई उच्चस्तरीय अनुभव र विश्वकप तयारीका लागि ठूलो मद्दत पुर्याउनेछ।
यसै सम्झौताअन्तर्गत दुवै क्रिकेट बोर्डबीच 'ए' टोलीको भ्रमण, महिला क्रिकेट, हाई-परफर्मेन्स प्रोग्राम र प्राविधिक सहयोग आदानप्रदानमा समेत दीर्घकालीन सहकार्य गर्ने सहमति भएको छ।
खेलकुद
अस्ट्रेलियन स्टार ब्याटर डेभिड वार्नर एनपीएल खेल्न नेपाल आउँदै: काठमाडौँ गोर्खाजमा आबद्ध
विराटनगर किङ्समा श्रीलंकाका चारिथ असलंका, मध्यक्रम बलियो बनाउने अपेक्षा
Nepal NB Newsविदेश
अस्ट्रेलियन स्टार ब्याटर डेभिड वार्नर एनपीएल खेल्न नेपाल आउँदै: काठमाडौँ गोर्खाजमा आबद्ध
इजरायली आक्रमणले क्षतिग्रस्त भएको गाजाको भवन ढल्दा १२ मृत्यु, १०० जना बेपत्ता
Nepal NB News
अस्ट्रेलियामा नेपाली विद्यार्थीलाई ठूलो धक्का: अब परिवार लैजान नपाइने, भिसा अस्वीकृत हुने दर अत्यधिक
विराटनगर किङ्समा श्रीलंकाका चारिथ असलंका, मध्यक्रम बलियो बनाउने अपेक्षा
Nepal NB News
पाकिस्तानमा सैन्य काफिलामाथि IED विस्फोट, ६ सैनिकको मृत्यु
Biratnagar, Morang, Koshi Pradesh, Nepal
+977021-511209, 9715771177, 9768685229
info@nepalnbnews.com
Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved
Shares