काठमाडौँ। युनाइटेड अरब इमिरेट्सले एसीसी प्रिमियर कपको तेस्रो संस्करणको फाइनलमा स्थान बनाएको छ। बिहीबार खेलिएको सेमिफाइनल खेलमा यूएईले हङकङलाई तीन विकेटको अन्तरले हराएको हो। यससँगै यूएई लगातार तेस्रो पटक यस प्रतियोगिताको फाइनलमा उत्रन सफल भएको छ।
मलेसियाको बाङ्गीस्थित वाइसडी–युकेएम क्रिकेट ओभलमा खेलिएको खेलमा टस जितेको यूएईले पहिले बलिङ छान्यो। सोही निर्णय अनुरूप ब्याटिङमा उतरेको हङकङ भने तोकिएको ३० ओभर पनि पूरा गर्न सकेन। ३०.१ ओभरमै हङकङका सबै ब्याटर आउट भए र टिम जम्मा ७० रनमा खुम्चियो।
हङकङका ब्याटरहरूमध्ये जिशान अलीले मात्र केही प्रतिरोध देखाए। उनले २८ बल खेलेर एक-एक छक्का र चौकाको सहायताले १७ रन बनाए, जो टिमको उच्चतम स्कोर थियो। उनीबाहेक अन्य ब्याटरहरू भरोसायोग्य साबित हुन सकेनन्।
हङकङलाई सानै स्कोरमा रोक्न यूएईका बलरहरूको भूमिका उल्लेखनीय रह्यो। यूएईतर्फका हैदर अलीले १० ओभरको स्पेलमा जम्मा १४ रन दिँदै ६ विकेट आफ्नो नाममा गरे, जो खेलको उत्कृष्ट बलिङ प्रदर्शन बन्यो।
७१ रनको सामान्य लक्ष्यको सामना गर्दै मैदानमा उतरेको यूएईले भने खासै समस्या भोग्नु परेन। टिमले ११.१ ओभरमै तीन विकेट गुमाएर लक्ष्य भेट्टायो। ब्याटिङमा तानिस सुरीले सर्वाधिक २७ रन बनाए भने अबीद उस्मानीले १६ र अक्षदीप नाथले ११ रनको योगदान दिए।
यूएईका तीन विकेट भने हङकङका बलरहरूले साझा गरे। कप्तान यासिम मोर्ताजा, एसहान खान र किञ्चित साहले एक-एक विकेट लिए।
यस जितसँगै यूएई अब फाइनलमा प्रवेश गरिसकेको छ र उसले अर्को सेमिफाइनलको विजेता टिमविरुद्ध उपाधिको लडाइँमा भिड्नेछ।
खेलकुद
विराटनगर किङ्समा श्रीलंकाका चारिथ असलंका, मध्यक्रम बलियो बनाउने अपेक्षा
Nepal NB News
नेपाली क्रिकेटमा ऐतिहासिक क्षण: पहिलोपटक टेस्ट राष्ट्र बंगलादेशसँग घरेलु मैदानमा द्विपक्षीय शृङ्खला खेल्दै नेपाल
Nepal NB Newsविदेश
इजरायली आक्रमणले क्षतिग्रस्त भएको गाजाको भवन ढल्दा १२ मृत्यु, १०० जना बेपत्ता
Nepal NB News
अस्ट्रेलियामा नेपाली विद्यार्थीलाई ठूलो धक्का: अब परिवार लैजान नपाइने, भिसा अस्वीकृत हुने दर अत्यधिक
विराटनगर किङ्समा श्रीलंकाका चारिथ असलंका, मध्यक्रम बलियो बनाउने अपेक्षा
Nepal NB News
पाकिस्तानमा सैन्य काफिलामाथि IED विस्फोट, ६ सैनिकको मृत्यु
नेपाली क्रिकेटमा ऐतिहासिक क्षण: पहिलोपटक टेस्ट राष्ट्र बंगलादेशसँग घरेलु मैदानमा द्विपक्षीय शृङ्खला खेल्दै नेपाल
Nepal NB Newsदेश
Biratnagar, Morang, Koshi Pradesh, Nepal
+977021-511209, 9715771177, 9768685229
info@nepalnbnews.com
Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved
Shares