२९ कार्तिक २०८३, शनिवार 14 Nov 2026, Saturday

छठ पर्वको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा दिने सरकारको निर्णय

Nepal NB News
२८ कार्तिक २०८३, शुक्रवार

स्रोत: गृह मन्त्रालयको सार्वजनिक बिदासम्बन्धी सूचना।

गृह मन्त्रालयले सार्वजनिक बिदासम्बन्धी सूचना जारी गर्दै वि.सं. २०८३ कात्तिक २९ गते आइतबार परेको छठ पर्वको अवसरमा सार्वजनिक बिदा रहेको जनाएको छ। छठ पर्वमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिई भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत समापन गर्ने परम्परा रहिआएको छ।

सोही धार्मिक तथा सांस्कृतिक परम्परालाई मध्यनजर गर्दै छठ पर्वको भोलिपल्ट अर्थात् कात्तिक ३० गते सोमबारसमेत सार्वजनिक बिदा दिने व्यवस्था गरिएको गृह मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी सूचनामार्फत उक्त दिन पनि सार्वजनिक बिदा हुने जानकारी सम्बन्धित सबैमा गराइएको छ।

यससँगै छठ पर्वको अवसरमा आइतबार र सोमबार लगातार दुई दिन सार्वजनिक बिदा हुने भएको छ।

प्रकाशित : २८ कार्तिक २०८३, शुक्रवार 15:56

थप समाचार

Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved