१ कार्तिक २०८३, शनिवार 17 Oct 2026, Saturday

भीरबाट लडेर बेपत्ता १० वर्षीय बालकको जैरीघाट खोलामा शव फेला

डोल्पाको ठुलीभेरी नगरपालिका–२ मा भीरबाट लडेपछि बेपत्ता भएका १० वर्षीय बालकको शव खोजी अभियानका क्रममा खोलाको बीच भागबाट फेला परेको छ।
Nepal NB News
१८ असोज २०८३, आइतवार

डोल्पा । ठुलीभेरी नगरपालिका–२ को कुम्ली गाउँमा भीरबाट लडेर बेपत्ता भएका १० वर्षीय बालकको शव फेला परेको छ। मिति २०८३।०६।१७ गतेदेखि बेपत्ता बालकको खोजी सुरु भएको थियो।

खोजीकै क्रममा मिति २०८३।०६।१८ गते सशस्त्र प्रहरी बल, नेपाल नं. ४६ गुल्म हे.क्वा. डोल्पा, नेपाल प्रहरी र स्थानीयवासी मिलेर बनेको संयुक्त टोलीले ठुलीभेरी नगरपालिका–२ मै रहेको जैरीघाट खोलाको बीच भागबाट शव भेट्टाएको हो।

शव फेला परेपछि टोलीले उक्त शव सम्बन्धित निकायलाई बुझाएको छ।

प्रकाशित : १८ असोज २०८३, आइतवार 13:11

No related news found based on tags.

Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved