सिरहाको भलुवाहीमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ। दुर्घटनामा मोटरसाइकलमा सवार दुवै पुरुषको मृत्यु भएको हो।
जिल्ला सिरहा नगरपालिका–११ स्थित चौहर्वा–सिरहा सडकखण्डमा २०८३ कात्तिक १९ गते बिहान करिब १० बजे दुर्घटना भएको प्रहरीले जनाएको छ। चौहर्वाबाट सिरहातर्फ जाँदै गरेको विद्युत् प्राधिकरण मधेश प्रदेश प्रादेशिक कार्यालय जनकपुरको ना.१ घ.५५३ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको स.९ प.७६५० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलका दुवै चालकलाई उपचारका लागि प्रादेशिक अस्पताल सिरहा पुर्याइएको थियो। चिकित्सकले बिहान १०:२५ बजे उनीहरूलाई मृत घोषणा गरेका हुन्। मृतकको नामथर र ठेगाना खुल्न सकेको छैन।
दुर्घटनापछि ट्रक चालक फरार रहेको र उनको खोजी भइरहेको छ। मृतकको पहिचान तथा आफन्तको खोजी गर्ने कार्य जारी रहेको छ भने दुर्घटनामा संलग्न दुवै सवारीसाधन कार्यालयमा ल्याउने प्रक्रिया भइरहेको छ।
सामाजिक
गेष्ट हाउसबाट लागु औषध कारोबार: ३४ ग्राम खैरो हेरोइन र नगद रु. ५ लाख ८० हजारसहित ४ जना पक्राउ
Nepal NB News
मोरङमा ३० केजी ९९० ग्राम गाँजासहित २ जना पक्राउ
Nepal NB News
कञ्चनपुरमा ७,४०० प्याकेट आतसबाजी बरामद, ३ लाख ७० हजार बराबरको पटका नष्ट
Nepal NB News
विराटनगरमा मोटरसाइकल दुर्घटना, स्ववियु सदस्य अंकित पोखरेलको मृत्यु
Nepal NB News
देशभर बादल, चार प्रदेशमा हल्का वर्षा; भोलि अपराह्नदेखि प्रभाव कम हुँदै जाने
Nepal NB NewsBiratnagar, Morang, Koshi Pradesh, Nepal
+977021-511209, 9715771177, 9768685229
info@nepalnbnews.com
Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved
Shares