काठमाडौं । तीन वटा संसदीय समितिको बैठक आज बस्दै छ ।
सोमबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।
दिउँसो २ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५’ को कार्यान्वयनको अवस्थाका बारेमा छलफल हुने कार्यक्रम रहेको छ ।
त्यसैगरी, बिहान ११ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्नेछ । बैठकमा समितिको आर्थिक वर्ष २०८३÷८४ को वार्षिक कार्ययोजना सम्बन्धमा विस्तृत छलफल हुनेछ ।
यस्तै, बिहान ११ः३० बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको केन्द्रीय इतिहास विभागका पदाधिकारीहरूसँग छलफल गर्ने कार्यसूची छ ।
राजनीति
राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच समसामयिक राजनीतिक विषयमा छलफल
Nepal NB News
समृद्ध मधेश निर्माणका लागि सबै वर्ग र समुदाय एकजुट हुनुपर्ने : सांसद सिंह
Nepal NB News
रुसको मिसाइल र ड्रोन हमलामा युक्रेनमा १२ जनाको मृत्यु, एक भारतीय नागरिक पनि
Nepal NB News
मधेशी आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस
Nepal NB News
२० सैनिकको मृत्युपछि पहिलोपटक... सी जिनपिङलाई दिल्लीमा शाही स्वागत
No related news found based on tags.
Biratnagar, Morang, Koshi Pradesh, Nepal
+977021-511209, 9715771177, 9768685229
info@nepalnbnews.com
Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved
Shares