१४ कार्तिक २०८३, शुक्रवार 30 Oct 2026, Friday

मलंगवामा छापा: रु. १७ लाख ३५ हजार बराबरका प्रतिबन्धित पटका र चोरी पैठारीका कपडा बरामद

भेडैया दशगजा नजिकै एक व्यक्तिको घर र गोठमा लुकाइएको सामान सशस्त्र प्रहरी र भन्सारको संयुक्त टोलीले फेला पार्‍यो
Nepal NB News
१४ कार्तिक २०८३, शुक्रवार

तस्बिर: सशस्त्र प्रहरी बल, नेपाल

मलंगवा, सर्लाही। सशस्त्र प्रहरी बल, नेपाल नं. १० गण हेडक्वार्टर सर्लाही तथा मातहतका युनिट र भन्सार कार्यालय मलंगवाबाट खटिएको संयुक्त टोलीले प्रतिबन्धित आतसबाजी (पटका) र अवैध रूपमा चोरी पैठारी गरिएका कपडा बरामद गरेको छ।

मिति २०८३।०७।१२ गते प्राप्त विशेष सूचनाका आधारमा टोलीले मलंगवा नगरपालिका–१, भेडैया दशगजा नजिकै रहेको एक व्यक्तिको घर तथा गोठमा छापा मारेको थियो। छापाका क्रममा लुकाइछिपाइ राखिएको प्रतिबन्धित आतसबाजी (पटका) र चोरी पैठारीका कपडा फेला परेका हुन्।

बरामद भएका सामानको कुल मूल्य रु. १७,३५,०००।– (सत्र लाख पैंतीस हजार) बराबर रहेको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीका अनुसार बरामद सामान सम्बन्धित निकायमा बुझाउने तथा आतसबाजी (पटका) नष्ट गर्ने प्रक्रिया अघि बढाइएको छ।

स्रोत: सशस्त्र प्रहरी बल, नेपाल

प्रकाशित : १४ कार्तिक २०८३, शुक्रवार 12:58

थप समाचार

Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved