मकवानपुर। भीमफेदी गाउँपालिका–८ ईपादेउराली क्षेत्रको भित्री सडकमा बसले ठक्कर दिँदा एक वृद्धाको घटनास्थलमै मृत्यु भएको छ।
कात्तिक १२ गते बिहान करिब ७:३० बजे ईपाबाट हेटौँडा आउँदै गरेको बा २ ख ९४३० नम्बरको बसले पैदल हिँडिरहेकी महिलालाई ठक्कर दिएको हो। मृतकको पहिचान ईपा बस्ने ६३ वर्षीया लिला देवी खत्रीका रूपमा भएको छ।
प्रहरीका अनुसार उनी सोही बसबाट ओर्लिएपछि बसको अगाडिबाट बाटो पार गरिरहेका बेला दुर्घटना भएको थियो। बसले ठक्कर दिँदा टाउकोमा गम्भीर चोट लागेको थियो र उपचारका लागि लैजान नपाउँदै उनको मृत्यु भएको बताइएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
Biratnagar, Morang, Koshi Pradesh, Nepal
+977021-511209, 9715771177, 9768685229
info@nepalnbnews.com
Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved
Shares