बरहथवा युवा संजाल
सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–९, मुर्तिया बुद्ध टोलका दुई असहाय महिलाको उद्धार गरी मानव सेवा आश्रम, हरिवन शाखामा पठाइएको छ।
मानव सेवा आश्रमको साझेदारी तथा बरहथवा युवा सञ्जालका अध्यक्ष एवं सामाजिक अभियन्ता Ray Mohan को सक्रिय पहलमा दिनदुःखी तथा असहाय अवस्थामा रहेका सुकुमाया घिसिङ र फुलमाया घिसिङको उद्धार गरिएको हो।
उद्धारपछि दुवै जनालाई सुरक्षित रूपमा मानव सेवा आश्रमको हरिवन शाखामा पठाइएको जनाइएको छ। असहाय तथा बेसहारा अवस्थामा रहेका व्यक्तिलाई पहिचान गरी सुरक्षित स्थानमा पुर्याउने उद्देश्यले अभियान सञ्चालन गरिएको आयोजक पक्षले जनाएको छ।
अभियानमा संलग्नहरूले सडक तथा अभाव र पीडामा जीवन बिताइरहेका व्यक्तिहरूको पहिचान गरी आगामी दिनमा पनि उद्धार तथा सहयोगका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
उद्धार अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैलाई आयोजकले धन्यवाद व्यक्त गरेको छ। उनीहरूले असहाय तथा बेसहारा नागरिकलाई सम्मानपूर्वक बाँच्ने अवसर प्रदान गर्नु नै वास्तविक मानव सेवा भएको बताएका छन्।
देश
मधेशी आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस
Nepal NB News
नेपाल एसिया कपको लागि योग्य : फाइनलमा यूएईलाई ४४ रनले पराजित
सामाजिक
श्रीलंकामा ग्रेनेड आक्रमण, दुई बालबालिकाको मृत्यु
Nepal NB News
२० सैनिकको मृत्युपछि पहिलोपटक... सी जिनपिङलाई दिल्लीमा शाही स्वागत
लापरवाहीपूर्ण ड्राइभिङका कारण भयानक दुर्घटना
Nepal NB NewsNo related news found based on tags.
Biratnagar, Morang, Koshi Pradesh, Nepal
+977021-511209, 9715771177, 9768685229
info@nepalnbnews.com
Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved
Shares