रुपन्देही, कात्तिक १३ – लागु औषध नियन्त्रण ब्यूरोको भैरहवा शाखा कार्यालयबाट खटिएको प्रहरी टोलीले खैरो हेरोइन १८ ग्रामसहित एक जनालाई पक्राउ गरेको छ।
ब्यूरोका अनुसार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. ३ मेडिकल कलेज स्थित सडक किनारबाट सिद्धार्थनगर नगरपालिका वडा नं. १ ठेगाना भएका २० वर्षीय अफजल पठानलाई लागु औषध खैरो हेरोइनसहित पक्राउ गरिएको हो।
पक्राउ गरिएका पठानसँग १८ ग्राम खैरो हेरोइनका साथै एउटा मोबाइल सेट बरामद भएको छ। उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बुझाइएको ब्यूरोले जनाएको छ।
लागु औषध (नियन्त्रण) ऐन, २०३३ मा भएको सजायसम्बन्धी व्यवस्था अनुसार १८ ग्राम खैरो हेरोइन बरामद भएमा ५ देखि १० वर्षसम्म कैद र ५ हजारदेखि २५ हजार रुपैयाँसम्म जरिबाना हुने कानुनी व्यवस्था रहेको ब्यूरोले जनाएको छ।
Biratnagar, Morang, Koshi Pradesh, Nepal
+977021-511209, 9715771177, 9768685229
info@nepalnbnews.com
Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved
Shares