बल्कोटबाट सन्धिखर्कतर्फ रोलर लोड गरेर जाँदै गरेको लु.४ त ७९१७ नम्बरको ट्याक्टर सडकमा विपरीत दिशाबाट आइरहेको लु.७२ प २०६३ नम्बरको मोटरसाइकलसँग जोगिने क्रममा नियन्त्रणबाहिर गयो र सडकको दाहिनेपट्टि पल्टियो।
दुर्घटनामा ट्याक्टरका सहचालक पाल्पाको रैनादेवी छहरा गाउँपालिका–२ सोमडी बस्ने करिब २२ वर्षीय गणेश रास्कोटी मगर ट्याक्टरमुनि च्यापिएर गम्भीर घाइते भए। जेसीबीको सहयोगमा उद्धार गरी उनलाई जिल्ला अस्पताल सन्धिखर्क पुर्याइयो। तर उपचारमा संलग्न चिकित्सकले दिउँसो १२:१० बजे उनको मृत्यु भइसकेको घोषणा गरे।
ट्याक्टर चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका–११ का २६ वर्षीय पुण्यप्रसाद थारु पनि घाइते भएका छन्। उनी जिल्ला अस्पताल सन्धिखर्कमा उपचाररत छन् र उनको स्वास्थ्य अवस्था मध्यम बताइएको छ।
मोटरसाइकल चलाइरहेका अर्घाखाँचीकै छत्रदेव गाउँपालिका–४ केरुङ्गाका ४१ वर्षीय सञ्जय पाण्डे भने सकुशल छन्। तर उनको मोटरसाइकल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।
घटनास्थलमा खटिएको प्रहरी टोलीले उद्धार कार्यसँगै आवश्यक अनुसन्धान गरेको छ। प्रारम्भिक विवरणअनुसार ट्याक्टर चालकले मादक पदार्थ सेवन गरेका थिए र उनीसँग सवारी चालक अनुमतिपत्र थिएन। प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको जनाएको छ।
सामाजिक
जनकपुरमा चक्कु प्रहारबाट युवकको मृत्यु, अर्का एक गम्भीर घाइते
Nepal NB News
पोखराको कालिकास्थानमा कालिका इङ्लिस बोर्डिङ स्कुलको बस दुर्घटना, २०० मिटर तल खस्यो
Nepal NB News
सुनसरीमा ५७ किलो गाँजाजस्तो पदार्थ र दुई मोटरसाइकल बरामद
नेपाल मानव अधिकार परिषद्मा निर्वाचित, १८० मध्ये १७३ मत प्राप्त
Nepal NB News
सप्तरीका सीमावर्ती क्षेत्रबाट ५ लाख ७३ हजारको अवैध सामान बरामद, ३ मोटरसाइकल नियन्त्रणमा
No related news found based on tags.
Biratnagar, Morang, Koshi Pradesh, Nepal
+977021-511209, 9715771177, 9768685229
info@nepalnbnews.com
Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved
Shares