जनकपुरधाम। धनुषाको जनकपुरधाम उपमहानगरपालिका–५ स्थित रहिम पथनजिक पुरानो रिसइबीका कारण भएको चक्कु प्रहारको घटनामा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–५ सोनारपट्टी दाहा चोकका २४ वर्षीय आमिन साफी रहेका छन्। घटनामा सोही स्थानका २५ वर्षीय इम्तियाज राईन गम्भीर घाइते भएका छन्। दुवै जनाको छाती तथा पेटमा धारिलो हतियार प्रहार भएको बताइएको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय २२ वर्षीय मोहमद इलसाद खानलाई नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धानका लागि उनकी ४२ वर्षीया आमा सैमुन खातुनलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
गम्भीर घाइते राईनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ। घटनाको कारण तथा अन्य पक्षबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
सामाजिक
पोखराको कालिकास्थानमा कालिका इङ्लिस बोर्डिङ स्कुलको बस दुर्घटना, २०० मिटर तल खस्यो
Nepal NB News
मथुरामा ट्याक्टर पल्टियो, सहचालकको ज्यान गयो; चालक उपचाररत
Nepal NB News
सुनसरीमा ५७ किलो गाँजाजस्तो पदार्थ र दुई मोटरसाइकल बरामद
नेपाल मानव अधिकार परिषद्मा निर्वाचित, १८० मध्ये १७३ मत प्राप्त
Nepal NB News
सप्तरीका सीमावर्ती क्षेत्रबाट ५ लाख ७३ हजारको अवैध सामान बरामद, ३ मोटरसाइकल नियन्त्रणमा
Biratnagar, Morang, Koshi Pradesh, Nepal
+977021-511209, 9715771177, 9768685229
info@nepalnbnews.com
Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved
Shares