काठमाडौं — नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसिसी मेन्स प्रिमियर कप २०२६ को फाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई ४४ रनको ठूलो अन्तरले पराजित गर्दै च्याम्पियन बनेको छ। मलेसियाको क्वालालम्पुरस्थित बायुइमास ओभालमा शनिबार खेलिएको फाइनलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ५० ओभरमा ९ विकेट गुमाई ३१३ रन बनाएको थियो। जवाफमा यूएई ४९.१ ओभरमा २६९ रनमा खुम्चिन पुग्यो।
अासिफ शेखको शतक
सलामी ब्याटर तथा विकेटकिपर आसिफ शेखले नेपालको ब्याटिङलाई अगुवाइ गर्दै १०६ बलमा ८ चौका र ४ छक्का सहित १०२ रनको उत्कृष्ट पारी खेले। यो उनको ओडीआईमा दोस्रो शतक हो। उनले अर्जुन कुमालसँग पहिलो विकेटका लागि ९७ रनको सलामी साझेदारी गरे, जसमा कुमालले ६३ बलमा ४३ रन बनाए। पछि शेखले कप्तान रोहित पौडेलसँग तेस्रो विकेटका लागि ६८ रनको साझेदारी जोडे। पौडेलले ४४ बलमा ४० रन बनाए भने अन्त्यतिर गुल्सन झाले जम्मा ३८ बलमा ४ छक्का र ३ चौकासहित ५२ रनको आक्रामक पारी खेलेर टिमलाई ३०० को दायरा पार गराए।
बलिङमा करण केसीको दबदबा
लक्ष्य पछ्याउँदै यूएईले सुरुदेखि नै खेलको लय समात्न सकेन। नेपालका करण केसीले तीन विकेट लिए भने ललित राजवंशीले दुई विकेट लिए। कप्तान संदीप लामिछानेसहित रोहित पौडेल, गुल्सन झा, बशिर अहमद र दिपेन्द्रसिंह ऐरीले एक-एक विकेट टिपे। यूएईका लागि राहुल चोप्राले नाबाद शतक (१०५ बलमा १०० रन) बनाए तापनि अन्तमा उनलाई साथ दिने ब्याटर भेटिएन, र यूएई ४४ रनले पराजित भयो।
दोस्रोपटक एसिया कप योग्यता
यस जितसँगै नेपालले सन् २०२७ मा बंगलादेशमा हुने ओडीआई एसिया कपमा स्थान सुनिश्चित गरेको छ। नेपालले यसअघि २०२३ को उद्घाटन संस्करणको फाइनलमा पनि यूएईलाई नै हराएर पहिलोपटक एसिया कपमा योग्यता हासिल गरेको थियो। यसरी नेपाल र यूएई दुवैले एक-एक पटक प्रिमियर कप जितेका छन्, तर नेपालले लगातार दुई पटक फाइनलमा यूएईलाई परास्त गर्दै मनोवैज्ञानिक बढत कायम राखेको छ। यूएई भने पूर्व च्याम्पियन भए पनि यसपटक २०२७ एसिया कपमा स्थान बनाउन असफल भएको छ।
"प्लेयर अफ द म्याच"
आफ्नो शतकीय पारीका लागि आसिफ शेख प्रतियोगिताको उत्कृष्ट खेलाडी (प्लेयर अफ द म्याच) घोषित भए।
देश
बाढीले पुरिएका घर उत्खनन गर्दा ५.५ तोला सुन र नगद फेला, घरधनीलाई हस्तान्तरण
Nepal NB News
रासायनिक मल कारखाना स्थापनाका लागि चाँडै प्रस्ताव आह्वान गर्ने प्रधानमन्त्री बालेनको भनाइ
Nepal NB News
भीरबाट लडेर बेपत्ता १० वर्षीय बालकको जैरीघाट खोलामा शव फेला
Nepal NB News
उपचारकै क्रममा दिउँसो १२:५५ बजे चिकित्सकले मृत्यु भएको घोषणा गरेका छन् । कञ्चनपुरमा मोटरसाइकल अनियन्त्रित भई पल्टियो, २४ वर्षीय युवकको उपचारका क्रममा मृत्यु
खेलकुद
विदेश
फ्लाइदुबईको विमानमा पाइलटबीच विवाद, अपहरणको आशंकापछि साउदी अरबमा सुरक्षित अवतरण
Nepal NB NewsNo related news found based on tags.
Biratnagar, Morang, Koshi Pradesh, Nepal
+977021-511209, 9715771177, 9768685229
info@nepalnbnews.com
Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved
Shares