१३ कार्तिक २०८३, बिहिवार 29 Oct 2026, Thursday

चर्चामा राहुल यादव: डेब्यु म्याचको पहिलै बलमा विकेट

कर्णाली याक्सविरुद्ध जनकपुर बोल्ट्सका राहुलको शानदार डेब्यु, खेलप्रेमीबीच चर्चाको विषय
Nepal NB News
१२ कार्तिक २०८३, बुधवार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सका राहुल यादव अहिले चर्चाको केन्द्रमा छन्। कर्णाली याक्सविरुद्धको खेलबाट एनपीएलमा डेब्यु गरेका राहुलले आफ्नो पहिलो नै बलमा विकेट लिएर सबैको ध्यान तानेका छन्।

उनले कर्णाली याक्सका दीपा डुम्रेलाई आउट गर्दै पहिलो विकेट हासिल गरे। डेब्यु खेलको पहिलो बलमै विकेट लिने यो उपलब्धिपछि राहुलको नाम खेलप्रेमी र सामाजिक सञ्जालमा व्यापक चर्चामा आएको छ।

राहुलले ४ ओभर बलिङ गर्दै मात्र १५ रन खर्चेर २ विकेट लिए। उनको किफायती र धारिलो बलिङका कारण कर्णाली याक्सका ब्याट्सम्यानहरू दबाबमा देखिए।

डेब्यु खेलमै यस्तो प्रदर्शन गरेपछि राहुल यस सिजनका सबैभन्दा चर्चित उदीयमान खेलाडीमध्ये एक बनेका छन्।

प्रकाशित : १२ कार्तिक २०८३, बुधवार 17:07

Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved