जनकपुर । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले एमबीएसको प्रश्नपत्र बाहिरिएको घटनामा मुख्य आरोपी पक्राउ परिसकेको र घटनाको अनुसन्धान तीव्र रूपमा अघि बढाइएको बताएका छन् ।
सोमबार जनकपुरधामस्थित संकटमोचन विद्यालयमा विद्यार्थीहरूलाई खेलकुद सामग्री वितरण कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पोखरेलले प्रश्नपत्र बाहिरिएको विषयमा सरकारले तत्कालै प्रक्रिया अघि बढाएको जानकारी दिए ।
उनले हिजो नै आवश्यक काम सुरु गरिएको उल्लेख गर्दै २४ घण्टाभित्र मुख्य आरोपी पक्राउ परिसकेको बताए ।
‘एमबीएसको प्रश्नपत्र बाहिरिएको विषयमा हिजो नै हामीले काम अगाडि बढाइसकेका थियौँ । २४ घण्टाभित्र मुख्य आरोपी पक्राउ परिसकेका छन् । प्रहरीले थप अनुसन्धान गरिरहेको छ र यसमा जो–जो जिम्मेवार छन्, सबैलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढाइसकेको छ,’ मन्त्री पोखरेलले भने ।
साथै, घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाहीको प्रक्रिया पनि अघि बढाइएको जानकारी दिए ।
राजनीति
राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच समसामयिक राजनीतिक विषयमा छलफल
Nepal NB News
समृद्ध मधेश निर्माणका लागि सबै वर्ग र समुदाय एकजुट हुनुपर्ने : सांसद सिंह
Nepal NB News
रुसको मिसाइल र ड्रोन हमलामा युक्रेनमा १२ जनाको मृत्यु, एक भारतीय नागरिक पनि
Nepal NB News
मधेशी आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस
Nepal NB News
२० सैनिकको मृत्युपछि पहिलोपटक... सी जिनपिङलाई दिल्लीमा शाही स्वागत
No related news found based on tags.
Biratnagar, Morang, Koshi Pradesh, Nepal
+977021-511209, 9715771177, 9768685229
info@nepalnbnews.com
Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved
Shares