सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिका–३ गणेशथानस्थित बीपी राजमार्गमा स्कार्पियो जिप दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। काभ्रेपलाञ्चोकबाट रामेछापतर्फ जाँदै गरेको जिप अनियन्त्रित भएर सडकबाट करिब २० मिटर तल खसेको प्रहरीले जनाएको छ।
मिति २०८३ असोज १४ गते बिहान करिब ८ः३० बजे बा.प्र.०१–०३१ च ९७४९ नम्बरको स्कार्पियो दुर्घटनामा परेको हो। दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर उद्धारमा खटिएको थियो।
प्रहरीले दुर्घटनामा घाइते भएका आठै जनालाई उद्धार गरी स्थानीय प्रधान मेडिकल, रातामाटामा उपचारका लागि पुर्याएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचार आवश्यक परेपछि बिहान ९ बजे उनीहरूलाई धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनामा काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–१ का २८ वर्षीय रोम बहादुर योञ्जन, २१ वर्षीया मिना माया तामाङ, ५६ वर्षीय दुर्गा बहादुर योञ्जन, ४३ वर्षीय धन बहादुर योञ्जन, ४५ वर्षीय प्रेम योञ्जन, ३० वर्षीय दिनेश योञ्जन, २० वर्षीय अनिल योञ्जन र ५२ वर्षीय टेक बहादुर थिङ घाइते भएका छन्।
जिप चालक काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ निवासी अन्दाजी २६ वर्षीय नारायण बस्नेत भने सकुशल रहेको प्रहरीले जनाएको छ। उनलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
सामाजिक
बाढीले पुरिएका घर उत्खनन गर्दा ५.५ तोला सुन र नगद फेला, घरधनीलाई हस्तान्तरण
Nepal NB News
भीरबाट लडेर बेपत्ता १० वर्षीय बालकको जैरीघाट खोलामा शव फेला
Nepal NB News
भानु-१० मा मोटरसाइकल दुर्घटना: चालकसहित दुईजनाको उपचारका क्रममा मृत्यु
Nepal NB News
उपचारकै क्रममा दिउँसो १२:५५ बजे चिकित्सकले मृत्यु भएको घोषणा गरेका छन् । कञ्चनपुरमा मोटरसाइकल अनियन्त्रित भई पल्टियो, २४ वर्षीय युवकको उपचारका क्रममा मृत्यु
रत्ननगरमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
Nepal NB NewsNo related news found based on tags.
Biratnagar, Morang, Koshi Pradesh, Nepal
+977021-511209, 9715771177, 9768685229
info@nepalnbnews.com
Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved
Shares