१ कार्तिक २०८३, शनिवार 17 Oct 2026, Saturday

उपचारकै क्रममा दिउँसो १२:५५ बजे चिकित्सकले मृत्यु भएको घोषणा गरेका छन् । कञ्चनपुरमा मोटरसाइकल अनियन्त्रित भई पल्टियो, २४ वर्षीय युवकको उपचारका क्रममा मृत्यु

१९ असोज २०८३, सोमवार

बेदकोट नगरपालिका–७ लालपुरमा महेन्द्र राजमार्गमा मोटरसाइकल आफैं अनियन्त्रित भई पल्टिँदा एक युवकको ज्यान गएको छ। दुर्घटनामा गम्भीर घाइते भएका बेदकोट नगरपालिका–५ का विक्रम बमको उपचारकै क्रममा मृत्यु भएको हो।

वि.सं. २०८३ साल ०६ गते १९ को मध्याह्न करिब १२ बजे महेन्द्र राजमार्गको लालपुर खण्डमा यो दुर्घटना भएको हो। पश्चिमबाट पूर्वतर्फ अघि बढिरहेको से ६ प २२० नम्बरको मोटरसाइकल अचानक नियन्त्रणबाहिर गएपछि सडकमै पल्टिएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक अन्दाजी २४ वर्षका बम गम्भीर घाइते भए। उनलाई तत्काल उद्धार गरी उपचारका लागि महाकाली प्रादेशिक अस्पताल लगिएको थियो।

तर उपचार जारी रहेकै अवस्थामा दिउँसो १२:५५ बजे चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका छन्। दुर्घटना भएको करिब ५५ मिनेटपछि उनको मृत्यु पुष्टि भएको हो।

प्रकाशित : १९ असोज २०८३, सोमवार 14:22

No related news found based on tags.

Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved