काठमाडौं । आर्थिक वर्ष २०८२÷८३ मा उद्योग विभागले कुल ५८ अर्ब १ करोड ८५ लाख ३०५ रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता स्वीकृत गरेको छ । विभागका अनुसार उक्त अवधिमा स्वचालित (अटोमेटिक) मार्ग र स्वीकृत मार्ग ‘अप्रुभ्ट रुट’ मार्फत गरी १ हजार ११६ परियोजनाका लागि वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको हो ।
विभागका अनुसार स्वचालित मार्गबाट ८९७ परियोजनाका लागि ९ अर्ब ५८ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । यस्तै, ‘अप्रुभ्ट रुट’मार्फत २१९ परियोजनाका लागि ४८ अर्ब ४१ करोड ६६ लाख ३ हजार २५ रुपैयाँ बराबरको लगानी प्रतिबद्धता स्वीकृत भएको छ ।
क्षेत्रगत रूपमा हेर्दा सूचना प्रविधि (आईटी) क्षेत्रमा सबैभन्दा धेरै ७२७ परियोजना दर्ता भएका छन् । यद्यपि यस क्षेत्रमा लगानी प्रतिबद्धता २ अर्ब ८३ करोड रुपैयाँ रहेको छ ।
कृषिमूलक क्षेत्रमा १८ परियोजनाका लागि २३ अर्ब १८ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ, जुन रकमका आधारमा सबैभन्दा ठूलो हिस्सा हो । पर्यटन क्षेत्रमा २२७ परियोजनाका लागि १३ अर्ब ९९ करोड रुपैयाँ, ऊर्जामूलक क्षेत्रमा ४ परियोजनाका लागि ७ अर्ब १६ करोड रुपैयाँ तथा उत्पादनमूलक क्षेत्रमा ६३ परियोजनाका लागि ३ अर्ब ९१ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको विभागले जनाएको छ ।
विभागका अनुसार वैदेशिक लगानी प्रतिबद्धताले नेपालमा विशेषगरी कृषि, पर्यटन, ऊर्जा, उत्पादन र सूचना प्रविधि क्षेत्रमा विदेशी लगानीकर्ताको आकर्षण कायम रहेको संकेत गरेको छ ।
अर्थ / वाणिज्य
ऋण असुलीबाट शिव शिखरका बचतकर्तालाई रकम फिर्ता जारी, थप ५६ जनाले पाए रकम
Nepal NB News
यातायात विभागको ठूलो कदम, २७ लाखभन्दा बढी स्मार्ट लाइसेन्स वितरणका लागि तयार
Nepal NB News
बाढीपीडितको सहयोगमा उद्योगी श्याम राठी, रु. १३ लाख ५० हजार जुटाए
Nepal NB News
ग्लोबल आईएमई बैंकको १० प्रतिशत लाभांश घोषणा, सेयरधनी लाभान्वित हुने
Nepal NB News
मधेशी आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस
Nepal NB NewsNo related news found based on tags.
Biratnagar, Morang, Koshi Pradesh, Nepal
+977021-511209, 9715771177, 9768685229
info@nepalnbnews.com
Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved
Shares