१ कार्तिक २०८३, शनिवार 17 Oct 2026, Saturday

नेपालमै रासायनिक मल कारखाना खोल्ने तयारी

रासायनिक मल कारखाना स्थापनाका लागि चाँडै प्रस्ताव आह्वान गर्ने प्रधानमन्त्री बालेनको भनाइ

प्रधानमन्त्री बालेन शाहले चाँडै प्रस्ताव आह्वान गर्ने तयारी भइरहेको बताए; विद्युत् खपत बढाउने आयोजना र औद्योगिकीकरणलाई पनि प्राथमिकता दिने जानकारी
Nepal NB News
१४ असोज २०८३, बुधवार

काठमाडौं, १४ असोज । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपालमै रासायनिक मल कारखाना स्थापना गर्ने विषयमा सरकार अघि बढिरहेको बताएका छन्। उनले कारखाना स्थापनाका लागि सरकारले छिट्टै प्रस्ताव आह्वान गर्ने तयारी गरिरहेको जानकारी दिएका छन्।

सिंहदरबारमा बुधबार इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँग भएको छलफलका क्रममा प्रधानमन्त्री शाहले यस्तो जानकारी दिएका हुन्। छलफलमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. राम लामाका अनुसार प्रधानमन्त्री शाहले रासायनिक मल कारखाना स्थापनाका लागि चाँडै प्रस्ताव आह्वान गरिने बताएका थिए।

मल कारखाना स्थापनासँगै विद्युत् खपत बढाउने आयोजना तथा योजनालाई समेत सरकारले प्राथमिकता दिने शाहले बताएका थिए। यस्ता आयोजनाका लागि आवश्यक सहुलियत उपलब्ध गराउने सरकारको योजनाबारे पनि उनले सांसदहरूलाई जानकारी गराएका थिए।

सरकारले निजी क्षेत्रसँगको सहकार्यमा नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने प्रतिबद्धता यसअघि सार्वजनिक गरिसकेको छ। त्यसका लागि नीतिगत, कानुनी तथा भन्सारसम्बन्धी सुधार गर्ने विषय प्रतिबद्धता पत्रमा समेटिएको छ।

नेपालमा मल कारखाना स्थापना गर्ने विषय यसअघिका सरकारका बजेटमा समेत समावेश हुँदै आएको थियो। बजेटमार्फत रकम विनियोजन गरिए पनि अहिलेसम्म कारखाना स्थापना हुन सकेको छैन। प्रधानमन्त्री शाहले भने मल कारखाना स्थापनालाई आफ्नो सरकारको प्राथमिकतामा राखिएको बताएका छन्।

बुधबार दिउँसो १२ बजेदेखि २ः१५ बजेसम्म भएको छलफलमा १७ जना सांसद सहभागी थिए। छलफलको प्रारम्भमा सांसदहरूले बाढी तथा पहिरोपछि उत्पन्न अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।

त्यसपछि प्रधानमन्त्री शाहले संसदमा उठाइने विषय, सांसदहरूको भूमिका तथा सरकारसँग गर्न सकिने समन्वयबारे धारणा राखेका थिए। उनले नेपालमा औद्योगिकीकरण अघि बढाउन सरकारले के गर्नुपर्ने हो भन्ने विषयमा सांसदहरूलाई ठोस सुझाव तथा आइडिया दिन आग्रह गरेका थिए।

नयाँ योजना वा नीतिसम्बन्धी प्रस्ताव भए प्रधानमन्त्री कार्यालयमा सिधै सम्पर्क गर्न सकिने र त्यस्ता प्रस्ताव लिएर आउने सांसद तथा व्यक्तिसँग सहज रूपमा भेट गर्न सकिने आश्वासनसमेत उनले दिएका थिए।

प्रकाशित : १४ असोज २०८३, बुधवार 15:24

थप समाचार

अर्थ / वाणिज्य

श्रमिकलाई अनिवार्य चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन, नदिए कडा कारबाही हुने

Nepal NB News

एयरबसलाई ७५ वटा विमानको ऐतिहासिक अर्डर, ACG को इतिहासकै सबैभन्दा ठूलो सम्झौता

देश

भीरबाट लडेर बेपत्ता १० वर्षीय बालकको जैरीघाट खोलामा शव फेला

Nepal NB News

उपचारकै क्रममा दिउँसो १२:५५ बजे चिकित्सकले मृत्यु भएको घोषणा गरेका छन् । कञ्चनपुरमा मोटरसाइकल अनियन्त्रित भई पल्टियो, २४ वर्षीय युवकको उपचारका क्रममा मृत्यु

श्रमिकलाई अनिवार्य चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन, नदिए कडा कारबाही हुने

Nepal NB News

विचार

फ्लाइदुबईको विमानमा पाइलटबीच विवाद, अपहरणको आशंकापछि साउदी अरबमा सुरक्षित अवतरण

Nepal NB News

Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved