न्यूयोर्क । प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै नेपालले भोगिरहेको जलवायु संकट, हिमाली क्षेत्रमा बढ्दो विपद्, जलवायु न्याय र अन्तर्राष्ट्रिय सहयोगका विषयलाई प्रमुखताका साथ उठाएका छन्।
सम्बोधनका क्रममा शाहले पछिल्लो भोटेकोशी–त्रिशूली बाढीलाई नेपालका लागि मात्र नभई विश्वकै लागि चेतावनी भएको बताए। हिमनदी पग्लिँदै जानु, पहाडी भूभाग अस्थिर हुनु तथा बाढी–पहिरोजस्ता विपद्को जोखिम बढ्दै गएको उनको भनाइ थियो।
उनले नेपाल, भारत र चीनको सहकार्यमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ स्थापना गर्न प्रस्ताव गरे। यसअन्तर्गत स्याटेलाइट तथ्यांक आदानप्रदान, हिमतालको निगरानी, संयुक्त पूर्वसूचना प्रणाली र विपद्का बेला सीमापार सहयोग गर्ने प्रस्ताव अघि सारिएको छ।
विश्वको हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान ०.१ प्रतिशतभन्दा कम रहेको उल्लेख गर्दै शाहले जलवायु संकट सिर्जना गर्न नेपालको भूमिका न्यून भए पनि त्यसको ठूलो असर नेपालले भोगिरहेको बताए।
शाहले जलवायु प्रभावित मुलुकका लागि अनुदानमा आधारित सहयोग, क्षतिपूर्ति र सहज जलवायु वित्त आवश्यक रहेको बताए। उनले जलवायु न्यायलाई अन्तर्राष्ट्रिय दस्तावेजमा मात्र सीमित नराखी व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।
सम्बोधनमा उनले विश्वव्यापी आपूर्ति प्रणालीमाथि समेत प्रश्न उठाउँदै युद्धका लागि हतियार सहज रूपमा पुग्ने तर किसानका लागि मल र सर्वसाधारणका लागि आवश्यक वस्तु सहज नहुने अवस्था परिवर्तन गर्नुपर्ने बताए।
नेपालले वन संरक्षण, जलविद्युत्, विद्युतीय सवारी र स्थानीय जलवायु अनुकूलनमा गरिरहेका प्रयासको चर्चा गर्दै प्रधानमन्त्री शाहले जलवायु संकटको सामना गर्न विश्वव्यापी सहकार्य आवश्यक रहेको बताए।
उनको सम्बोधनमा मुख्यतः जलवायु परिवर्तन, हिमालय संरक्षण, जलवायु न्याय, नेपाल–भारत–चीन सहकार्य, जलवायु वित्त, विपद् व्यवस्थापन र थप न्यायपूर्ण अन्तर्राष्ट्रिय व्यवस्थाका विषय उठेका छन्।
अर्थ / वाणिज्य
एयरबसलाई ७५ वटा विमानको ऐतिहासिक अर्डर, ACG को इतिहासकै सबैभन्दा ठूलो सम्झौता
देश
राजनीति
विदेश
जिबुतीमा आप्रवासी बोकेको डुंगा दुर्घटना: कम्तीमा १०९ को मृत्यु, ११६ भन्दा बढी बेपत्ता
Nepal NB News
एयरबसलाई ७५ वटा विमानको ऐतिहासिक अर्डर, ACG को इतिहासकै सबैभन्दा ठूलो सम्झौता
सामाजिक
सुनसरीमा ५७ किलो गाँजाजस्तो पदार्थ र दुई मोटरसाइकल बरामद
नेपाल मानव अधिकार परिषद्मा निर्वाचित, १८० मध्ये १७३ मत प्राप्त
Nepal NB News
सप्तरीका सीमावर्ती क्षेत्रबाट ५ लाख ७३ हजारको अवैध सामान बरामद, ३ मोटरसाइकल नियन्त्रणमा
विचार
Biratnagar, Morang, Koshi Pradesh, Nepal
+977021-511209, 9715771177, 9768685229
info@nepalnbnews.com
Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved
Shares