काठमाडौँ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सम्पूर्ण रोजगारदाता, उद्योग तथा प्रतिष्ठानहरूलाई आफ्ना श्रमिकहरूलाई अनिवार्य रूपमा चाडपर्व खर्च उपलब्ध गराउन निर्देशन दिएको छ। विभागले एक सूचना जारी गर्दै श्रम ऐनको व्यवस्था पालना नगर्ने रोजगारदातालाई कानुनी कारबाही गरिने चेतावनी समेत दिएको छ।
श्रम ऐन, २०७४ को दफा ३७ बमोजिम प्रत्येक श्रमिकले आफ्नो धर्म, संस्कृति तथा परम्पराअनुसार मनाउने मुख्य चाडपर्वका लागि वर्षको एक पटक चाडपर्व खर्च पाउने कानुनी व्यवस्था छ। ऐनअनुसार श्रमिकले खाइपाइ आएको एक महिनाको आधारभूत पारिश्रमिक (बेसिक स्यालरी) बराबरको रकम चाडपर्व खर्चका रूपमा पाउनुपर्ने विभागले स्पष्ट पारेको छ।
यदि कुनै प्रतिष्ठान वा रोजगारदाताले कानुन बमोजिमको चाडपर्व खर्च उपलब्ध नगराएमा श्रमिकहरूले सिधै विभाग वा सम्बन्धित श्रम तथा रोजगार कार्यालयमा उजुरी दिन सक्नेछन्। श्रमिकहरूको सहजताका लागि विभागले कार्यालयमै उपस्थित भएर वा विभागको आधिकारिक इमेल र उपलब्ध गराइएको क्युआर कोड (QR Code) स्क्यान गरी विद्युतीय माध्यमबाट समेत गुनासो तथा उजुरी दर्ता गर्न सक्ने व्यवस्था मिलाएको छ।
विभागले श्रम ऐनको कार्यान्वयनमार्फत श्रमिकहरूको हक अधिकार सुनिश्चित गर्न र चाडपर्वको समयमा हुनसक्ने श्रम विवादलाई रोक्न सबै सरोकारवालाहरूलाई कानुनको पूर्ण पालना गर्न आग्रह गरेको छ।
अर्थ / वाणिज्य
एयरबसलाई ७५ वटा विमानको ऐतिहासिक अर्डर, ACG को इतिहासकै सबैभन्दा ठूलो सम्झौता
देश
सामाजिक
मथुरामा ट्याक्टर पल्टियो, सहचालकको ज्यान गयो; चालक उपचाररत
Nepal NB News
सुनसरीमा ५७ किलो गाँजाजस्तो पदार्थ र दुई मोटरसाइकल बरामद
नेपाल मानव अधिकार परिषद्मा निर्वाचित, १८० मध्ये १७३ मत प्राप्त
Nepal NB News
सप्तरीका सीमावर्ती क्षेत्रबाट ५ लाख ७३ हजारको अवैध सामान बरामद, ३ मोटरसाइकल नियन्त्रणमा
Biratnagar, Morang, Koshi Pradesh, Nepal
+977021-511209, 9715771177, 9768685229
info@nepalnbnews.com
Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved
Shares