डरबन । दक्षिण अफ्रिकाको डरबनस्थित क्वामाखुथा क्षेत्रमा सामूहिक गोलीकाण्ड हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने १४ जना गोली प्रहारबाट प्रभावित भएका छन्।
प्राप्त विवरणअनुसार, क्वामाखुथाको जिको क्षेत्रमा रहेको एक घरमा राति ११ बज्नुअघि पीडितहरू एकै ठाउँमा भेला भएका थिए। सोही क्रममा बन्दुकधारीहरू अचानक घरभित्र प्रवेश गरी उनीहरूमाथि गोली प्रहार गरेका थिए।
घटनामा एक गर्भवती महिलासमेत परेको बताइएको छ। गोली प्रहारबाट ११ जनाको मृत्यु भएको तथा अन्य घाइते भएको प्रारम्भिक विवरणमा उल्लेख छ।
घटनापछि KwaMakhutha SAPS र eThekwini District Tracing Team घटनास्थलमा पुगेर अनुसन्धान तथा संलग्न व्यक्तिहरूको खोजी गरिरहेका छन्।
घटना गम्भीर प्रकृतिको भएकाले हत्यामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गर्न अनुसन्धानलाई प्रान्तीय तहको विशेष इकाइमा लैजाने सम्भावना रहेको जनाइएको छ।
प्रहरीले घटनाको कारण, गोली प्रहारमा संलग्न व्यक्तिहरू तथा पीडितहरूको थप विवरणबारे अनुसन्धान गरिरहेको छ। घटनासम्बन्धी थप आधिकारिक विवरण आउन बाँकी छ।
विदेश
महासभामा बालेन शाहले के–के सम्बोधन गरे?
Nepal NB News
दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै सामूहिक गोलीकाण्ड: २७ जनाको मृत्यु, २६ घाइते
Nepal NB Newsट्रम्पद्वारा इरानको सातदिने युद्धविराम प्रस्ताव अस्वीकार
Nepal NB News
हर्मुज जलघाँटी खोल्ने प्रस्तावमा तेहरान अमेरिकी जवाफको पर्खाइमा
Nepal NB News
फ्लाइदुबईको विमानमा पाइलटबीच विवाद, अपहरणको आशंकापछि साउदी अरबमा सुरक्षित अवतरण
Nepal NB NewsNo related news found based on tags.
Biratnagar, Morang, Koshi Pradesh, Nepal
+977021-511209, 9715771177, 9768685229
info@nepalnbnews.com
Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved
Shares