काठमाडौं । भारतीय चलचित्रका चर्चित अभिनेता तथा निर्देशक नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। पाटेकरको बिहीबार गोवास्थित आफ्नै निवासमा हृदयघातका कारण निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
घरमै अचेत अवस्थामा भेटिएका पाटेकरलाई तत्काल गोवास्थित मणिपाल अस्पताल लगिएको थियो। चिकित्सकहरूले करिब ४५ मिनेटसम्म सीपीआरसहित उपचारको प्रयास गरे पनि उनलाई बचाउन नसकिएको अस्पताल स्रोतलाई उद्धृत गर्दै समाचारमा उल्लेख छ। उनलाई बिहान करिब ५ः२० बजे मृत घोषणा गरिएको थियो।
सन् १९५१ मा महाराष्ट्रमा जन्मिएका पाटेकरले सन् १९७८ मा ‘गमन’ फिल्ममार्फत अभिनय यात्रा सुरु गरेका थिए। ‘परिन्दा’, ‘क्रान्तिवीर’, ‘सलाम बम्बे’, ‘नटसम्राट’, ‘अब तक छप्पन’ र ‘वेलकम’ लगायतका चलचित्रमा उनको अभिनय चर्चित रह्यो।
करिब पाँच दशक लामो चलचित्र यात्रामा पाटेकरले तीनवटा राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेका थिए। उनलाई भारत सरकारले पद्मश्रीबाट समेत सम्मान गरेको थियो।
पाटेकरको निधनप्रति भारतीय चलचित्र क्षेत्रसँगै विभिन्न क्षेत्रका व्यक्तिहरूले दुःख व्यक्त गरेका छन्। महाराष्ट्र सरकारले उनको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गरेको छ।
मनोरञ्जन
साउथ एशियन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजद्वारा १२५ विद्यार्थीलाई बिदाइ
Nepal NB Newsविदेश
हर्मुज जलघाँटी खोल्ने प्रस्तावमा तेहरान अमेरिकी जवाफको पर्खाइमा
Nepal NB News
फ्लाइदुबईको विमानमा पाइलटबीच विवाद, अपहरणको आशंकापछि साउदी अरबमा सुरक्षित अवतरण
Nepal NB Newsजिबुतीमा आप्रवासी बोकेको डुंगा दुर्घटना: कम्तीमा १०९ को मृत्यु, ११६ भन्दा बढी बेपत्ता
Nepal NB News
एयरबसलाई ७५ वटा विमानको ऐतिहासिक अर्डर, ACG को इतिहासकै सबैभन्दा ठूलो सम्झौता
Biratnagar, Morang, Koshi Pradesh, Nepal
+977021-511209, 9715771177, 9768685229
info@nepalnbnews.com
Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved
Shares