३ मंसिर २०८३, बुधवार 18 Nov 2026, Wednesday

उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठ पर्व सम्पन्न

Nepal NB News
१ मंसिर २०८३, सोमवार

छठ पर्वको अन्तिम दिन आज बिहानैदेखि व्रतालुहरू नदी, पोखरी, तलाउ तथा जलाशयका किनारमा पुगेर उदाउँदो सूर्यको पूजा आराधना गरेका छन्। उनीहरूले परम्परागत विधिअनुसार फलफूल, ठेकुवा, भुसुवा तथा विभिन्न पूजासामग्रीसहित सूर्यदेवलाई अर्घ्य अर्पण गरेका हुन्।

चार दिनसम्म मनाइने छठ पर्वको तेस्रो दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ भने चौथो तथा अन्तिम दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्ने परम्परा रहेको छ।

सूर्यदेव र छठी माताको पूजा आराधना गरिने यस पर्वमा परिवारको सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना गरिन्छ। विशेषगरी तराई क्षेत्रमा धुमधामका साथ मनाइने छठ पछिल्लो समय पहाडी तथा हिमाली क्षेत्रहरूमा समेत लोकप्रिय बन्दै गएको छ।

आस्था, पवित्रता र सामाजिक सद्भावको प्रतीकका रूपमा रहेको छठ पर्वले धार्मिक तथा सांस्कृतिक एकताको सन्देशसमेत दिने गरेको छ।

प्रकाशित : १ मंसिर २०८३, सोमवार 05:58

थप समाचार

Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved