विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबिच भएको झडपपछि जिल्ला प्रशासन कार्यालयले पाँच क्षेत्रमा अनिश्चित कालीन कफ्र्यु आदेश जारी गरेको छ । घटनामा सशस्त्र प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको छ भने सर्वसाधारण र सुरक्षाकर्मीसहित २२ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार आइतबार राति करिब १०ः१५ बजे साउने सोमबारको बोलबम यात्राका लागि हिन्दु धर्मावलम्बीहरू कोशी ब्यारेजबाट जल लिएर डिजे बजाउँदै कप्तानगञ्ज चोकतर्फ जाँदै थिए । सोही क्रममा डिजेको आवाजलाई लिएर अर्को समुदायका केही व्यक्तिसँग विवाद सुरु भई झडपमा परिणत भएको थियो ।
स्थिति नियन्त्रणबाहिर गएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको थियो । दुवै पक्षबाट ढुंगामुढा, लाठी, बाँस र भालासहित आक्रमण हुन थालेपछि प्रहरीले तीन राउन्ड हवाई फायर गरेको जनाएको छ ।
गोली नै लागेर देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहता गम्भीर घाइते भएका थिए । उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिए पनि राति नै चिकित्सकले उनलाई मृत घोषणा गरेका सुनसरी प्रहरीका निमित्त प्रमुख डिएसपी चन्द्रबहादुर खड्काले जानकारी दिएका छन् ।
घटनामा नौ जना सर्वसाधारण घाइते पनि भएका छन् । उनीहरूको न्युरो अस्पताल, विराट नर्सिङ होम, कोशी अस्पताल तथा अन्य स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
झडपमा नेपाल प्रहरीका प्रहरी निरीक्षक राकेश राईसहित आठ जना तथा सशस्त्र प्रहरीका पाँच जना सुरक्षाकर्मी पनि घाइते भएका छन् ।
घटनापछि जिल्ला सुरक्षा समितिको आकस्मिक बैठक बसेर हरिनगरा गाउँपालिकाको घुस्की, भुटाहा, कप्तानगञ्ज र देवानगञ्ज बजार क्षेत्र तथा देवानगञ्ज गाउँपालिका–३ अन्तर्गतको देवानगञ्ज बजार क्षेत्रमा अर्को सूचना जारी नभएसम्मका लागि कफ्र्यु आदेश लागू गरिएको प्रशासनले जनाएको छ ।
कफ्र्यु अवधिभर ती क्षेत्रमा आवतजावत, सभा, जुलुस, प्रदर्शन तथा भेला गर्न निषेध गरिएको छ। आदेश उल्लङ्घन गरे स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कारबाही हुने प्रशासनले चेतावनी दिएको छ ।
सामाजिक
लापरवाहीपूर्ण ड्राइभिङका कारण भयानक दुर्घटना
Nepal NB News
आज हरितालिका तीज: व्रत, पूजा र रंगीबिरंगी साजसज्जामा रमाइरहेका नारीहरू
Nepal NB News
बाल अधिकारको संरक्षण र प्रवर्द्धनमा सरकारको प्रतिबद्धता
Nepal NB News
इजरायली आक्रमणले क्षतिग्रस्त भएको गाजाको भवन ढल्दा १२ मृत्यु, १०० जना बेपत्ता
Nepal NB News
आज विश्वकर्मा पूजा: कारीगर तथा दक्ष जनशक्तिप्रति सम्मान
No related news found based on tags.
Biratnagar, Morang, Koshi Pradesh, Nepal
+977021-511209, 9715771177, 9768685229
info@nepalnbnews.com
Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved
Shares