१२ कार्तिक २०८३, बुधवार 28 Oct 2026, Wednesday

गेष्ट हाउसबाट लागु औषध कारोबार: ३४ ग्राम खैरो हेरोइन र नगद रु. ५ लाख ८० हजारसहित ४ जना पक्राउ

तिलगंगास्थित गेष्ट हाउसमा कोठा बुक गरी बसेर बिक्री गर्दै आएको अवस्थामा लागु औषध नियन्त्रण ब्यूरोको टोलीले पक्राउ गरेको हो।
Nepal NB News
११ कार्तिक २०८३, मङ्गलवार

काठमाडौं, ११ कात्तिक (मिति: २०८३।०७।१०) – लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले गेष्ट हाउसबाट लागु औषध कारोबार गर्ने ४ जनालाई खैरो हेरोइन र नगदसहित पक्राउ गरेको छ।

ब्यूरोका अनुसार मिति २०८३।०७।०७ मा काठमाडौं महानगरपालिका वडा नं. ९ तिलगंगास्थित एक गेष्ट हाउसमा कोठा बुक गरी बसेर त्यहीँबाट लागु औषध खैरो हेरोइन बिक्री गर्दै आएको अवस्थामा उनीहरू पक्राउ परेका हुन्। पक्राउ गरिएकाहरूसँग ३४ ग्राम खैरो हेरोइन र नगद रु. ५ लाख ८० हजार बरामद भएको छ। उनीहरूलाई थप अनुसन्धान गरिँदै छ।

पक्राउ पर्नेहरूको विवरण

  • भरोष मुखिया (२०), जिल्ला सिराहा, कल्याणपुर नगरपालिका वडा नं. २
  • धनिकलाल मुखिया (२६), ऐ.ऐ. ठेगाना
  • पवन मुखिया (२६), ऐ.ऐ. ठेगाना
  • महमद सजाबुल शेष (३६), ऐ.ऐ. ठेगाना

बरामदी विवरण

  • लागु औषध खैरो हेरोइन ३४ ग्राम
  • नगद रु. ५,८०,०००

कानुनी प्रावधान

ब्यूरोले लागु औषध (नियन्त्रण) ऐन, २०३३ मा भएको सजाय सम्बन्धी प्रावधानअनुसार बरामद ३४ ग्राम खैरो हेरोइनमा १० देखि १५ वर्ष कैद र रु. ७५ हजारदेखि २ लाखसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको जनाएको छ।

(स्रोत: लागु औषध नियन्त्रण ब्यूरो, कोटेश्वर, काठमाडौंको प्रेस विज्ञप्ति नं. ५७६; सह-प्रवक्ता, प्रहरी नायब उपरीक्षक जिवन निरौला)

प्रकाशित : ११ कार्तिक २०८३, मङ्गलवार 16:38

Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved