१२ कार्तिक २०८३, बुधवार 28 Oct 2026, Wednesday

मोरङमा ३० केजी ९९० ग्राम गाँजासहित २ जना पक्राउ

Nepal NB News
१२ कार्तिक २०८३, बुधवार

विराटनगर, कार्तिक ११ – मोरङको बेलबारी नगरपालिका–६ सोमबारेमा मोटरसाइकल चेकजाँचका क्रममा ३० केजी ९९० ग्राम लागूऔषध गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय, विराटनगरका अनुसार  (२०८३ कार्तिक ११ गते) अन्दाजी बिहान ४ बजे सोमबारेस्थित सडक खण्डमा रहेको अस्थायी प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले शंका लागेपछि प्र.१-०२-०४० प ९१९१ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा मोटरसाइकलबाट ३० केजी ९९० ग्राम गाँजा र नेपाली नगद रु. ६३,५०५ फेला परेको प्रहरीले जनाएको छ।

यसै क्रममा मोटरसाइकल चालक धनकुटाको चौविसे गाउँपालिका–७ का ३५ वर्षीय आइत बहादुर राई र पछाडि सवार सोही ठाउँका सन्देश परियारलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ परेका दुवै जनालाई मोटरसाइकल र गाँजासहित इलाका प्रहरी कार्यालय, बेलबारीमा ल्याई थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित : १२ कार्तिक २०८३, बुधवार 11:39

Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved