बरहथवा, सर्लाही । अन्तर्राष्ट्रिय युवा दिवस–२०२६ को अवसरमा बरहथवा युवा सञ्जालले बरहथवा नगरपालिकाका सम्पूर्ण वडालाई लक्षित गरी वृक्ष वितरण तथा वातावरण संरक्षण अभियान सम्पन्न गरेको छ।
वातावरण संरक्षण, जलवायु परिवर्तनका असर न्यूनीकरण तथा हरित भविष्य निर्माण गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियानअन्तर्गत टेक, अमला, सिसौ, तेजपात, मलेसियन सखुवा, बेल, सिरिस, गोलमोहर र नीलमोहर लगायत विभिन्न प्रजातिका बिरुवाहरू वितरण गरिएको हो।
अभियानमा बरहथवा युवा सञ्जालका अध्यक्ष मोहन रायसहित युवा टिमको सक्रिय सहभागिता रहेको थियो। युवाहरू परिवर्तनको कुरा गर्ने मात्र नभई व्यवहारमै परिवर्तन ल्याउन सक्ने शक्ति हुन् भन्ने सन्देश अभियानमार्फत दिइएको आयोजकले जनाएको छ।
एउटा बिरुवा रोप्नु भनेको केवल रूख रोप्नु नभई भावी पुस्ताका लागि स्वच्छ हावा, हरियाली र जीवनको आधार तयार गर्नु भएको युवा सञ्जालले जनाएको छ।
अभियान सफल बनाउन बिरुवा उपलब्ध गराउनुका साथै सहकार्य गर्ने सब–डिभिजन वन कार्यालय, जानकीनगर, सर्लाहीप्रति युवा सञ्जालले आभार व्यक्त गरेको छ।
बरहथवा नगरपालिकालाई आगामी दिनमा थप हरियाली र वातावरणमैत्री बनाउने लक्ष्यसहित सञ्चालन गरिएको अभियानको सन्देश छ— “एक युवा, एक बिरुवा—हरित बरहथवा हाम्रो जिम्मेवारी।”
देश
मधेशी आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस
Nepal NB News
नेपाल एसिया कपको लागि योग्य : फाइनलमा यूएईलाई ४४ रनले पराजित
सामाजिक
श्रीलंकामा ग्रेनेड आक्रमण, दुई बालबालिकाको मृत्यु
Nepal NB News
२० सैनिकको मृत्युपछि पहिलोपटक... सी जिनपिङलाई दिल्लीमा शाही स्वागत
लापरवाहीपूर्ण ड्राइभिङका कारण भयानक दुर्घटना
Nepal NB NewsNo related news found based on tags.
Biratnagar, Morang, Koshi Pradesh, Nepal
+977021-511209, 9715771177, 9768685229
info@nepalnbnews.com
Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved
Shares