काठमाडौं, १७ भदौ । रसुवाको भोटेकोशी क्षेत्रमा गएको साता आएको विनाशकारी बाढीले पुर्याएको क्षतिपछि खोज तथा उद्धार अभियान अझै सघन रूपमा जारी छ। घटनाको एक साता बितिसक्दा पनि विभिन्न जलविद्युत आयोजनाका टनेलहरूमा उद्धारको काम चुनौतीपूर्ण बनिरहेको छ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त प्रयासका साथै विदेशी उद्धारकर्मीहरूको समेत सहभागितामा हाल उद्धार कार्य अगाडि बढिरहेको छ। सैनिक मुख्यालय जंगी अड्डाले बुधबार बिहान ११ बजेसम्मको अद्यावधिक जानकारी सार्वजनिक गरेको छ।
रसुवागढी हाइड्रो: ठूला चट्टानहरूले बाटो अवरुद्ध गरेका कारण उद्धार टोली हाल टनेलभित्र करिब १५० मिटरसम्म मात्र पुगेको छ। चट्टान हटाउने काम जारी रहेकाले अगाडि बढ्न कठिनाइ भइरहेको सेनाले जनाएको छ।
लाङटाङ हाइड्रो: नेपाली र विदेशी गरी २५ सदस्यीय संयुक्त टोलीले टनेलभित्र लगभग १५० मिटरसम्म प्रवेश गरी खोजी कार्य अगाडि बढाइरहेको छ।
चिलिमे हाइड्रो: यहाँ पनि विदेशी विज्ञ सहितको संयुक्त टोली परिचालन गरिएको छ।
माथिल्लो त्रिशूली–१ (हाँकु): नेपाली सेनाको छुट्टै टोलीले स्वतन्त्र रूपमा खोज तथा उद्धार गरिरहेको छ।
त्रिशूली–थ्री ए: सबैभन्दा ठूलो संयुक्त टोली (९३ जना) यहीं खटिएको छ। ३ वटा एक्साभेटर र १ वटा बबक्याटको प्रयोगबाट माटो हटाउने काम भइरहेको छ। कम्प्रेसर मेसिन, ब्रेकर र ब्लास्टिङ प्रविधिको प्रयोगपछि टनेलको आउटलेट फेला परेको छ, जुन उद्धार कार्यमा महत्वपूर्ण प्रगति मानिएको छ। वर्षाका कारण रातभर जम्मा भएको करिब १.५ मिटर उचाइको पानी पम्पको सहायताले बाहिर निकालिँदै छ।
त्रिशूली–थ्री बी: सैनिक ६१ जना, गैरसैनिक ३ जना र आयोजनाका प्रबन्ध निर्देशक सहित उद्धार टोली परिचालित छ। यस टोलीले आयोजनाको कार्यालय तथा निवास क्षेत्र पहिचान गरी त्यहाँसम्म पुग्न एक्साभेटरको सहायताले नयाँ बाटो निर्माण गरिरहेको जंगी अड्डाले जनाएको छ।
देश
मधेशी आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस
Nepal NB News
नेपाल एसिया कपको लागि योग्य : फाइनलमा यूएईलाई ४४ रनले पराजित
सामाजिक
श्रीलंकामा ग्रेनेड आक्रमण, दुई बालबालिकाको मृत्यु
Nepal NB News
२० सैनिकको मृत्युपछि पहिलोपटक... सी जिनपिङलाई दिल्लीमा शाही स्वागत
लापरवाहीपूर्ण ड्राइभिङका कारण भयानक दुर्घटना
Nepal NB NewsNo related news found based on tags.
Biratnagar, Morang, Koshi Pradesh, Nepal
+977021-511209, 9715771177, 9768685229
info@nepalnbnews.com
Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved
Shares