२० असोज २०८३, मङ्गलवार 06 Oct 2026, Tuesday

सप्तकोसीमा पानीको बहाव उच्च, कोशी ब्यारेजका २७ ढोका खोलिए

पूर्वी पहाडी क्षेत्रमा भइरहेको लगातार वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजमा उच्च सतर्कता अपनाइएको छ।
Nepal NB News
२२ भदौ २०८३, सोमवार

सुनसरी — पूर्वी पहाडी जिल्लामा निरन्तर वर्षा भएपछि सप्तकोसी नदीमा पानीको बहाव बढेको छ। आइतबार राति ८ः१५ बजे गरिएको मापनअनुसार कोशी ब्यारेज भएर प्रतिसेकेन्ड २ लाख २० हजार क्युसेक पानीको बहाव भइरहेको सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए।

पानीको बहाव बढेपछि कोशी ब्यारेजका कुल ५६ ढोकामध्ये २७ वटा ढोका खोलिएको छ। ब्यारेजमा ५२ वटा मूल ढोका र चारवटा नहरका ढोका रहेका छन्।

नदीमा पानीको सतह बढ्दै गएपछि जोखिमको संकेतस्वरूप कोशी ब्यारेजमा रातो बत्ती बालिएको छ भने रातो झन्डासमेत फहराइएको छ।

सप्तकोसीमा बहाव थप बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै नदी आसपासका बासिन्दालाई सतर्क रहन प्रहरीले आग्रह गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार नदीको पानीको सतह तथा बहावको अवस्थामाथि निरन्तर निगरानी भइरहेको छ।

प्रहरीले विशेषगरी कोशी नदी आसपासका जोखिमयुक्त क्षेत्रका स्थानीयलाई सावधानी अपनाउन र सम्भावित जोखिमबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रकाशित : २२ भदौ २०८३, सोमवार 13:56

थप समाचार

देश

रासायनिक मल कारखाना स्थापनाका लागि चाँडै प्रस्ताव आह्वान गर्ने प्रधानमन्त्री बालेनको भनाइ

Nepal NB News

भीरबाट लडेर बेपत्ता १० वर्षीय बालकको जैरीघाट खोलामा शव फेला

Nepal NB News

उपचारकै क्रममा दिउँसो १२:५५ बजे चिकित्सकले मृत्यु भएको घोषणा गरेका छन् । कञ्चनपुरमा मोटरसाइकल अनियन्त्रित भई पल्टियो, २४ वर्षीय युवकको उपचारका क्रममा मृत्यु

अन्य

सामाजिक

भीरबाट लडेर बेपत्ता १० वर्षीय बालकको जैरीघाट खोलामा शव फेला

Nepal NB News

भानु-१० मा मोटरसाइकल दुर्घटना: चालकसहित दुईजनाको उपचारका क्रममा मृत्यु

Nepal NB News

उपचारकै क्रममा दिउँसो १२:५५ बजे चिकित्सकले मृत्यु भएको घोषणा गरेका छन् । कञ्चनपुरमा मोटरसाइकल अनियन्त्रित भई पल्टियो, २४ वर्षीय युवकको उपचारका क्रममा मृत्यु

रत्ननगरमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

Nepal NB News

No related news found based on tags.

Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved