विराटनगर । विराटनगरमा आयोजित अन्तरसञ्चारगृह फुटसल प्रतियोगिताको उपाधि ‘द शब्द एक्सप्रेस’ले जितेको छ। फाइनलमा मकालु टेलिभिजनलाई ७–१ गोल अन्तरले पराजित गर्दै एक्सप्रेस च्याम्पियन बनेको हो।
ब्रेकिङ नेपाल न्युजको प्रथम वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगितामा विराटनगरका १४ सञ्चारगृहका टोली सहभागी थिए। सञ्चारकर्मीबीच आपसी सम्बन्ध, सहकार्य र भाइचारा मजबुत बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
विजेता ‘द शब्द एक्सप्रेस’ र उपविजेता मकालु टेलिभिजनलाई आगामी भदौ ११ गते हुने विशेष समारोहमा ट्रफी, मेडल, प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिने प्रतियोगिता संयोजक जतिन ताम्राकारले बताए। सहभागी अन्य टोली र खेलाडीलाई समेत सम्मान गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा मेडिकल सहयोग विराटनगरस्थित प्राइम अस्पतालले गरेको थियो। प्रतियोगिताको उद्घाटन विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले गरेकी थिइन्।
खेलकुद
टप एन्ड टी–२० मा नेपाललाई तेस्रो झट्का, सेमिफाइनल दौडबाट बाहिरियो
जर्मन डिफेन्डर एन्टोनियो रुडिगरको अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास घोषणा
यूएई एसीसी प्रिमियर कपको फाइनलमा, हङकङलाई तीन विकेटले पराजित
Nepal NB News
एसीसी मेन्स प्रिमियर कप: ओमनलाई पराजित गर्दै नेपाल फाइनलमा, उपाधिका लागि UAE सँग भिड्ने
Nepal NB News
नेपाल एसिया कपको लागि योग्य : फाइनलमा यूएईलाई ४४ रनले पराजित
No related news found based on tags.
Biratnagar, Morang, Koshi Pradesh, Nepal
+977021-511209, 9715771177, 9768685229
info@nepalnbnews.com
Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved
Shares