काठमाडौं — प्राविधिक समस्याका कारण नेपाल प्रहरीका विभिन्न अनलाइन सेवा अवरुद्ध भएका छन्। नेपाल प्रहरीले जारी गरेको सूचनाअनुसार नेपाल प्रहरीको वेबसाइट, नेपाल प्रहरी मोबाइल एप, अनलाइन भर्ना छनौट प्रणाली तथा अनलाइन ट्राफिक नियम उल्लङ्घन जरिवाना भुक्तानी प्रणालीको प्रयोगमा अवरोध आइरहेको छ।
प्रहरीले "सेवा अवरुद्ध सम्बन्धी जानकारी" शीर्षकमा सूचना जारी गर्दै सो अवधिमा सेवाग्राहीहरूलाई पर्न सक्ने असुविधाका लागि क्षमाप्रार्थी भएको जनाएको छ। सूचना २०८३ साल कात्तिक ११ गते (मिति: २०८३।०७।११) जारी गरिएको हो।
सेवा कहिलेसम्म पुनः सुचारु हुने भन्ने विषयमा सूचनामा उल्लेख गरिएको छैन।
आवश्यक सम्पर्कका लागि नेपाल प्रहरीले यी नम्बरहरू सार्वजनिक गरेको छ:
Biratnagar, Morang, Koshi Pradesh, Nepal
+977021-511209, 9715771177, 9768685229
info@nepalnbnews.com
Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved
Shares