१ कार्तिक २०८३, शनिवार 17 Oct 2026, Saturday

रत्ननगरमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

Nepal NB News
२० असोज २०८३, मङ्गलवार

चितवन । चितवनको रत्ननगर नगरपालिका–३ बेल्सीपुलस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ।

२०८३ साल असोज २० गते बिहान करिब १०ः३० बजे शान्तिचोकबाट तरकारीचोकतर्फ गइरहेको बा.प्र.०१–००३ क ८७२५ नम्बरको ट्रकलाई सोही दिशामा रहेको बा.प्र.०६००८ प ३५६३ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा ट्रकमा ठोक्किएको थियो।

दुर्घटनामा रत्ननगर नगरपालिका–१ निवासी करिब २० वर्षीय ओशिक अन्सारी घाइते भएका थिए। उनलाई उपचारका लागि नयाँ मेडिकल कलेज, चितवन लगिएको थियो। उपचारकै क्रममा बिहान ११ः०९ बजे चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका हुन्।

दुर्घटनापछि प्रहरीले ट्रक र त्यसका चालक उदयपुरको रौतामाई गाउँपालिका–९ निवासी ३८ वर्षीय इन्द्रमान परियारलाई नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रकाशित : २० असोज २०८३, मङ्गलवार 14:50

Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved