बुटवल, साउन १७।
बुटवल उपमहानगरपालिका–१३, बेलबासमा करिब ५० वर्ष पुरानो ऐतिहासिक सार्वजनिक कुवाको संरक्षण अभियान सुरु गरिएको छ।
भानुपथ टोल विकास समितिको पहलमा स्थानीय बासिन्दाले शनिबार कुवा परिसरमा सामूहिक सरसफाइ गरेका हुन्। अभियानमा टोलवासी, युवा, ज्येष्ठ नागरिकलगायत विभिन्न उमेर समूहका स्थानीयको सहभागिता रहेको थियो।
वि.सं. २०३० देखि २०३५ सालको अवधिमा तत्कालीन प्रधानपञ्च स्वर्गीय लेखनाथ खरेलको अगुवाइ तथा स्थानीयको आर्थिक सहयोग र श्रमदानबाट कुवा निर्माण गरिएको स्थानीय जानकारहरू बताउँछन्।
घर–घरमा धारा जडान भएपछि प्रयोगमा कमी आएको कुवा लामो समयदेखि संरक्षणको अभावमा जीर्ण बन्दै गएको थियो।
टोल विकास समितिले अब कुवाको संरक्षणसँगै सुरक्षा घेराबार, हरियाली विकास, सूचना बोर्ड तथा सौन्दर्यीकरण गर्ने योजना बनाएको जनाएको छ।
स्थानीयले ऐतिहासिक कुवा, बरालको चौपारीलगायतका सम्पदाको संरक्षण गरी बेलबासको पुरानो पहिचान जोगाउनुपर्नेमा जोड दिएका छन्।
देश
यूएई एसीसी प्रिमियर कपको फाइनलमा, हङकङलाई तीन विकेटले पराजित
Nepal NB News
एसीसी मेन्स प्रिमियर कप: ओमनलाई पराजित गर्दै नेपाल फाइनलमा, उपाधिका लागि UAE सँग भिड्ने
Nepal NB News
मधेशी आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस
Nepal NB News
नेपाल एसिया कपको लागि योग्य : फाइनलमा यूएईलाई ४४ रनले पराजित
बाल अधिकारको संरक्षण र प्रवर्द्धनमा सरकारको प्रतिबद्धता
Nepal NB NewsNo related news found based on tags.
Biratnagar, Morang, Koshi Pradesh, Nepal
+977021-511209, 9715771177, 9768685229
info@nepalnbnews.com
Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved
Shares